०९ साउन २०८३, शनिबार

दीपक श्रेष्ठको चलचित्रमा दयाहाङ राई अनुबन्धित, लभस्टोरी र कमेडी जनरामा निर्माण हुने

दीपक श्रेष्ठको चलचित्रमा दयाहाङ राई अनुबन्धित, लभस्टोरी र कमेडी जनरामा निर्माण हुने

निर्देशक दीपक श्रेष्ठले नयाँ चलचित्रको निर्देशन गर्ने भएका छन् । केबल तामाङको प्रस्तुतिमा तयार हुने चलचित्रमा कोमल गुरुङको लगानी रहनेछ ।

यो चलचित्रमा दीपक श्रेष्ठको कथा तथा निर्देशन रहने पक्का भएको हो ।

सुरज आचार्य हेड अफ प्रोडक्शन रहने चलचित्रमा सौरभ लामाको छायांकन रहने पक्का भएको छ ।

यो चलचित्रको मुख्य भूमिकामा अभिनेता दयाहाङ राई फाइनल भएका छन् । निर्माणपक्ष र दयाहाङबीच मंगलवार चलचित्रका लागि सम्झौता भएको हो ।

चलचित्रका लागि अर्का एक अभिनेता र एक अभिनेत्री केही दिनमा फाइनल गरिने निर्माणपक्षले बताएको छ । चलचित्रको बारेमा निर्देशक श्रेष्ठले भने – ‘यो चलचित्रलाई हामी लभस्टोरी र कमेडी कथामा निर्माण गर्दैछौ । चलचित्रको छायांकन सिक्किम र इलाममा हुनेछ ।’ माघको २० गतेबाट चलचित्रको छायांकन गरिने प्रस्तुतकर्ता केबल तामाङले जानकारी दिए । 

प्रोमिस इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण हुने चलचित्रमा तपश्री प्रोडक्शनको सहकार्य रहनेछ ।

चलचित्रले नेपाल र सिक्किमको पर्यटन प्रबर्द्धनमा टेवा पुर्याउने विश्वास निर्माणपक्षले लिएको छ । प्रस्तुतकर्ता तामाङले भने–‘पर्यटनका लागि सिनेमा’ भन्ने मुल नारा बोकेर हामी यो चलचित्र निर्माण गर्दछौं।’

salt training

कमेन्ट गर्नुहोस्