×

NMB BANK
NIC ASIA

नयाँ सरकार गठन

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा माओवादीका राजकुमार शर्मा नियुक्त

पुस २७, २०७९

NTC
Premier Steels

तत्कालीन नेकपा माओवादीद्वारा सञ्चालित १० वर्षे जनयुद्धमा राजनीतिक र सैन्य मोर्चाको नेतृत्व सम्हालेका रुकुमपश्चिमका राजकुमार शर्मा कर्णाली प्रदेशको तेस्रो मुख्यमन्त्री बनेका छन् ।

Muktinath Bank

नेकपा एमाले, राप्रपा र नेकपा एकीकृत समाजवादीको समर्थनमा उनलाई प्रदेश प्रमुख तिलक परियारले बुधवार संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेकपा माओवादी केन्द्र संसदीय दलका नेता शर्माले माओवादीका १३, एमालेका १०, राप्रपा र नेकपा एकीकृत समाजवादीका १/१ गरी २५ सांसदको समर्थनसहित मुख्यमन्त्री नियुक्तिमा दाबी पेश गरेका थिए । मुख्यमन्त्रीमा दाबी पेश गर्न उनी सत्ता साझेदार दलका नेता र सांसदहरूसहित प्रदेश प्रमुखको कार्यालय पुगेका थिए ।


Advertisment
Nabil box
Kumari

मंसिर ४ गते सम्पन्न आमनिर्वाचनमा उनी रुकुमपश्चिम प्रदेशसभा क्षेत्र (२) बाट निर्वाचित भएका थिए । चौरजहारी नगरपालिका–१४ नुवाकोटका स्थायी वासिन्दा शर्मा २०७४ सालको स्थानीय तह निर्वाचनमा जिल्ला समन्वय समितिका संयोजक निर्वाचित भएका थिए ।

Vianet communication

पार्टी संघीय संरचनामा गएपछि उनले कर्णाली प्रदेश कमिटीको पहिलो अध्यक्ष समेत भएर काम गरेका थिए । हाल माओवादी केन्द्रको पोलिटब्युरो सदस्य रहेका शर्मा पार्टीभित्र ‘आर्ट’ नामले चिनिन्छन् । २०२८ भदौ १८ गते तत्कालीन रुकुम जिल्लाको नुवाकोट गाविसमा जन्मिएका उनी स्कूले पढाइ छाडेर १४ वर्षको कलिलो उमेरमै मशालको राजनीतिमा जोडिएका थिए ।

उनले २०४१ सालमा मशालको विद्यार्थी संगठन अनेरास्ववियूमार्फत राजनीतिक यात्रा तय गरेका थिए । त्यतिबेला उनकै घरमा अनेरास्ववियूको क्षेत्रीय सम्मेलन भएको थियो । 

२०४६ सालमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ महामन्त्री रहेको नेकपा मसालको सांगठनिक सदस्यता प्राप्त गरी उनी २०४७ सालदेखि पूणर्कालीन कार्यकर्ताको रूपमा राजनीतिमा होमिएका थिए । २०५१ सालमा तत्कालीन नेकपा एकता केन्द्रको प्रथम राष्ट्रिय सम्मेलनपछि बसेको तेस्रो विस्तारित बैठकबाट पार्टीको नाम परिवर्तन भई नेकपा माओवादी बन्यो । जनयुद्धका लागि फौजी आधार तयार गर्न २०५० सालमा रुकुम महतगाउँको फूलबारी जंगलमा ४५ दिने सशस्त्र तालिम आयोजना गरिएको थियो । त्यसमा पनि उनी सहभागी थिए ।

२०५२ फागुन १ गते प्रचण्ड नेतृत्वमा जनयुद्ध शुरू भएपछि शर्माको भूमिगत राजनीति शुरू भएको थियो । जनयुद्ध घोषणाकै दिन रुकुमको राडी प्रहरी चौकी आक्रमण गर्न उनी अग्रपंक्तिमा खटिएका थिए । 

२०५३ पुसमा डोल्पाको त्रिवेणी चौकी आक्रमणमा शर्मा पनि सहभागी थिए । आक्रमणमा मुख्य कमाण्डर दौलतराम घर्ती (विजय घले) मारिएका थिए । जनयुद्ध विस्तारका सिलसिलामा २०५४ सालदेखि जुम्ला, कालीकोट, मुगु, डोल्पा, हुम्ला, दैलेखमा जिल्ला सेक्रेटरी र इन्चार्जका रूपमा उनले जनयुद्धको विस्तार तथा आधार इलाका निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

दैलेखमा २०६१ सालमा माओवादीविरुद्ध प्रतिकार अभियान चलेका बेला उनी त्यहाँ खटिए । शान्ति प्रक्रियापछि थारुवान राज्य समितिको (दाङ–कञ्चनपुर) को प्रमुख, २०६७ सालपछि नेवा राज्य समितिमा काम गरे उनले । माओवादीको केन्द्रीय प्रचार विभागमा पनि शर्माले काम गरेको अनुभव छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x