
उद्धार गरिएकामध्ये सडक सहयोगापेक्षी मानव ४० प्रतिशतलाई मात्रै परिवारसँग पुनर्मिलन गराउन सकिने बताइएको छ ।
मानव सेवा आश्रम उपत्यका इन्चार्ज कृष्ण पौडेलका अनुसार सडक आश्रित मानव अहिले परिवार भएर पनि विभिन्न बहाना वा समस्याका कारण सडकमा आउने गरेका छन् । उनीहरू परिवारसँग त्यति सजिलै जान मान्दैनन् । पटकपटकको प्रयासपछि बढीमा ४० प्रतिशतलाई परिवारसँग पुनर्मिलन गराउन सकिन्छ ।
उद्धार गरीएकामध्ये बढीभन्दा बढीलाई परिवारसँग मिलन गराउने आश्रको दायित्व र उद्देश्य हो, त्यसका लागि अहिले सडक सहयोगापेक्षीहरूको वास्तविकता पहिचान गर्न होल्डिङ सेन्टर सञ्चालनमा ल्याइएको छ । हाल काठमाडौँ उपत्यकामा दुईवटा होल्डिङ सेन्टर सञ्चालनमा रहेको छ ।
कामपा, पशुपति क्षेत्र विकास कोष र मानव सेवा आश्रमले गत वैशाख २३ गतेदेखि संयुक्त रूपमा वडा नं ८ तिलगङ्गामा सञ्चालन गरिएको सेन्टरमा पहिलो २८ जनालाई सेन्टरमा राखेर पहिचान गरिएको थियो ।