१६ असार २०८३, मंगलबार

नेपाल बैंकर्स संघको अध्यक्षमा केसी चयन

नेपाल बैंकर्स संघको अध्यक्षमा केसी चयन

नेपाल बैंकर्स संघको अध्यक्षमा एनएमबि बैंकका सीईओ सुनिल केसी निर्विरोध निर्वाचित भएका छन् । यसअघि अध्यक्ष रहेका कृषि विकास बैंकका सीईओ अनिल कुमार उपाध्यायको कार्यकाल समाप्त भएसँगै बुधबार सम्पन्न विशेष साधारणसभाबाट अध्यक्ष चयन गरिएको हो । 

यसअघि केसी  संघको उपाध्यक्ष थिए । २०७३ फागुनदेखि एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत केसीसँग बैंकिङ क्षेत्रको ३ दशक भन्दा धेरै समयको अनुभव छ । यस्तै केसी अध्यक्ष बनेपछि रिक्त रहेको उपाध्यक्ष पदमा माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइराला चयन भएको संघले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्