३० असार २०८३, मंगलबार

भारतमा संस्कृत पत्रकारिता कोर्स चलाइने

कात्तिक २०, २०७४
भारतमा संस्कृत पत्रकारिता कोर्स चलाइने

काठमाडौं, २ भदौ — भारतमा पत्रकारितासम्बन्धी अग्रणी संस्था इन्डियन इन्स्टिच्युट अफ मास कम्युनिकेसन (आईआईएमसी) ले संस्कृत पत्रकारिताको कोर्स पढाउने निर्णय गरेको छ ।


अधिकारीहरूका अनुसार शुक्रवार सम्पन्न आईआईएमसी एग्जेक्युटिभ काउन्सिलको बैठकमा यो निर्णय लिइएको हो ।

आईआईएमसीमा यो कोर्स मानव संसाधन मन्त्रालयअन्तर्गतको श्री लाल बहादुर शास्त्री संस्कृत विद्यापीठको सहयोगमा पढाइनेछ ।

निर्देशक केजी सुरेशले भने, ‘यो तीन महिनाको एड्भान्स कोर्स हुनेछ जसमा विद्यापीठको रेखदेखमा संस्कृत पढाइनेछ ।’

उनले भने, ‘भारतीय भाषाहरूलाई प्रोत्साहन गर्ने हाम्रो प्रयास हो । हामीले ऊर्दूमा पूर्णकालिक पत्रकारिता कार्यक्रम शुरु ग–यौं, त्यसपछि मराठी र मलयालममा ।’

यो कोर्स गर्ने विद्यार्थीलाई करीयरको सम्भावनाबारे सुरेश भन्छन्, ‘हामीले दूरदर्शनमा वार्तावली कार्यक्रम शुरु गरेका छौं । अल इन्डिया रेडियोमा संस्कृत बुलेटिन गइरहेको छ । संस्कृतका केही पत्रिका पनि शुरु हुँदैछन् । संस्कृत बुझ्ने मानिसहरूको पनि बजार छ । यसको आवश्यकता बिस्तारै थाहा पाउँदै जानेछन् मानिसहरूले ।’

नवभारत टाइम्सबाट

salt training

कमेन्ट गर्नुहोस्