१९ असार २०८३, शुक्रबार
युद्धमा निर्णायक मोड

रुसलाई नयाँ सफलता– सोलेडार शहर नियन्त्रणमा, युक्रेनलाई रणनीतिक क्षति

पुस २८, २०७९
रुसलाई नयाँ सफलता– सोलेडार शहर नियन्त्रणमा, युक्रेनलाई रणनीतिक क्षति
EPA-EFE/STANISLAV KOZLIUK

युक्रेनको डोनबास क्षेत्रमा रहेको सोलेडार शहर आफूहरूको नियन्त्रणमा आइसकेको रुसको निजी सैन्य कम्पनी वाग्नर ग्रुपका प्रमुख थेभ्गेनी प्रिगोजिनले दाबी गरेका छन् । त्यसो त शहरको मध्यभागमा लडाइँ चलिरहेको अनि युक्रेनी फौजहरूलाई घेराबन्दीमा पारिएको पनि उनले स्वीकार गरेका छन् ।  

वाग्नरका सैन्य इकाइहरू उत्तरी र दक्षिणी भागबाट शहरमा प्रवेश गरेका थिए । युक्रेनी सेनाको एक जत्था मध्यभागमा घेराबन्दीभित्र परेको छ । शहरी युद्ध चल्दा वाग्नरका लडाकूहरूले युक्रेनी सैनिकलाई खोजीखोजी मारिरहेका छन् ।

तर सोलेडारमा रुसको नियन्त्रण कायम नभइसकेको युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले बताएका छन् । बुधवार साँझ उनले राष्ट्रको नाममा गरेको सम्बोधनमा सोलेडारमा अझै युद्ध चलिरहेको र युक्रेनी सैनिकहरू नघेरिएको अडान लिए । 

जेलेन्स्कीको यस अडानका बावजूद सामाजिक सञ्जालमा आएका भिडियो फूटेजहरूमा रुसी सैनिकहरूले स्थानीय प्रशासनिक भवन नियन्त्रणमा लिएको अनि युक्रेनी सैनिकहरू लुकेर बसेको नूनखानी समेत रुसीहरूको कब्जामा पुगेको देखिन्छ । प्रिगोजिन आफैंले सैन्य पोशाक लगाएर नूनखानीमा वाग्नर सैनिकहरूसँग कुरा गरिरहेको तस्वीर र भिडियो सार्वजनिक भएको छ । 

सोलेडार रुसीहरूको नियन्त्रणमा आइसकेपछि अब रुसी सैनिकहरूलाई त्यसभन्दा दक्षिणतर्फ रहेको रणनीतिक रूपमा महत्त्वपूर्ण बाखमुततर्फ अघि बढ्न सहज भएको छ । डोनेत्स्क क्षेत्रमा रहेको सिभेर्स्क, सोलेडार र बाखमुत युक्रेनको महत्त्वपूर्ण प्रतिरक्षात्मक पंक्ति भएको सैन्य विश्लेषकहरू बताउँछन् । बाखमुतलाई समेत रुसीहरूले भेद्न सफलता पाएमा डोनेत्स्क क्षेत्रबाट युक्रेनीहरू थप पछाडि हट्नुपर्ने स्थिति उत्पन्न हुनेछ । 

सोलेडार हातबाट फुत्कन लागेपछि युक्रेनसमर्थक विश्लेषकहरूले जनतालाई त्यस अपमानका लागि तयार पार्ने उद्देश्यले सोलेडार रणनीतिक रूपमा महत्त्वपूर्ण नरहेको भन्ने भाष्य तयार पारेका थिए । सोलेडार गुमे पनि युद्धको परिणाममा कुनै असर नपर्ने उनीहरूको कथन थियो । 

वास्तवमा सोलेडारलाई रुसी नियन्त्रणमा जान नदिनका लागि युक्रेनीहरूले आफ्ना कैयौं बटालियन सैनिकहरूलाई लडिरहन लगाएका हुन् । सोलेडार हात पार्ने वाग्नर ग्रुपले आफ्नो सकेसम्म कम क्षति हुने अनि युक्रेनीहरूको चाहिँ अधिकतम क्षति हुने तरिकाको रणनीति बनाएकाले अधिकतम संख्यामा युक्रेनी सैनिकहरू हताहत भएका छन् र शहर समेत नियन्त्रणबाहिर पुगेको छ । 

तर उनीहरूको भनाइ सत्य हुन्थ्यो भने युक्रेनी सैनिकहरूले किन दिलोज्यान दिएर अन्तिम समयसम्म त्यहाँ लडिरहेका हुन् ? वास्तवमा सोलेडारलाई रुसी नियन्त्रणमा जान नदिनका लागि युक्रेनीहरूले आफ्ना कैयौं बटालियन सैनिकहरूलाई लडिरहन लगाएका हुन् । सोलेडार हात पार्ने वाग्नर ग्रुपले आफ्नो सकेसम्म कम क्षति हुने अनि युक्रेनीहरूको चाहिँ अधिकतम क्षति हुने तरिकाको रणनीति बनाएकाले अधिकतम संख्यामा युक्रेनी सैनिकहरू हताहत भएका छन् र शहर समेत नियन्त्रणबाहिर पुगेको छ । 

वास्तवमा रुसले युक्रेनविरुद्ध चलाएको विशेष सैन्य कारवाहीको उद्देश्य नै युक्रेनको असैन्यीकरण तथा नाजीविहीनीकरण हो । त्यसमा युक्रेनी नेतृत्वको निर्णयले रुसलाई नै सहयोग पुगिरहेको छ । 

युक्रेनी सेनाले प्रमुख शहरहरू जोगाउनका लागि आफ्ना सैनिकहरूलाई अन्तिमसम्म डटेर रहन भनेकाले युक्रेनका अधिकतम सैनिक हताहत भएका हुन् । रुसको आर्टिलरी शक्ति युक्रेनको भन्दा १० गुणा बढी हुनाले रुसी सैनिकहरू टाढा बसेर युक्रेनीहरूको आम विनाश गर्न सक्छन् भने आफूतर्फ उनीहरूलाई कमै मात्र क्षति हुने गरेको छ । 

युक्रेनले यसरी शहरको प्रतिरक्षाका लागि विशाल संख्यामा सैनिकहरूको बलिदान दिनु सही रणनीति नभएको पश्चिमा विश्लेषकहरूले समेत स्वीकार गरेका छन् । द वाल स्ट्रीट जर्नलमा बुधवार (११ जनवरी) प्रकाशित यारोस्लाभ त्रोमिफोभको सामग्रीमा उल्लेख गरिएअनुसार, युक्रेनले रुसलाई सजिलो हुने हिसाबमा बाखमुत नियन्त्रणमा राखिरहनका लागि सोलेडारमा गरिरहेको लडाइँले पश्चिमी अधिकारी, सैनिक र विश्लेषकहरूलाई चिन्तित बनाएको छ । 

आगामी वसन्त याममा युक्रेनले रुसविरुद्ध आक्रामक कारवाही थाल्नुपर्नेमा अहिले सोलेडार जस्ता कम रणनीतिक महत्त्व रहेको शहरको प्रतिरक्षामा अधिकतम सैनिक गुमाएर युक्रेनलाई आफूलाई कमजोर स्थितिमा पुर्‍याएको त्रोमिफोभ लेख्छन् । सोलेडारमा अल्झेर बस्नुभन्दा बाखमुतको पश्चिमपट्टि गरेको अग्लो स्थानमा नयाँ प्रतिरक्षात्मक पंक्ति बनाएको भए युक्रेनी सैनिकहरूलाई सुरक्षित राख्न सकिने र भविष्यको युद्धका लागि शक्ति पनि जोगिने थियो भनी विश्लेषकहरू बताउँछन् । यही ताल रहने हो भने आफूहरू शून्यमा झर्ने खतरा रहेको एक युक्रेनी कमान्डरले स्वीकार गरे भनी त्रोमिफोभ लेख्छन् । 

सीएनएनले पनि सोलेडारमा लडिरहेका एक युक्रेनी सैनिकसँग कुरा गर्दा उनले पनि परिस्थिति गम्भीर रहेको र युक्रेनीहरूको क्षति अत्युच्च रहेकाले मृतकको संख्या समेत गन्न नसकिएको स्वीकार गरेका थिए । नाम उल्लेख नगरिएका ती सैनिकले युक्रेनका उच्च अधिकृतहरूले सोलेडारका लागि नलड्ने निर्णय अवश्य गर्नेछन् भने । त्यसो हो भने सैनिकहरू मरिरहनुको के औचित्य भनी उनले प्रश्न गरे । 

रुसीहरूलाई खार्किभ र खर्सनबाट पछि हट्न बाध्य बनाउन सकेको उत्साहमा जेलेन्स्कीले आफ्ना सैन्य अधिकृतहरूको सल्लाहलाई समेत नमानेर शहरहरूको प्रतिरक्षा गर्न लगाएको कतिपयको धारणा छ । युक्रेनीहरू बहादुरीका साथ लडिरहेकाले थप सैन्य हतियार तथा उपकरण सहायता पश्चिमलाई दिनका लागि प्रेरित गर्न जेलेन्स्कीले यसरी आफ्ना सैनिकहरूको आहुति दिइरहेको देखिन्छ । 

सोलेडार अब युक्रेनीहरूको नियन्त्रणबाट बाहिर गइसकेको अवस्थामा त्यहाँभन्दा लगभग १५ किलोमिटर दक्षिणपश्चिममा रहेको बाखमुत शहर पनि जोखिममा परेको छ । रुसीहरूले आर्तेमिव्स्क भन्ने गरेको बाखमुत युक्रेनको दोस्रो ठूलो शहर खार्किभ र रुसको रोस्तोभ–अन–दोन शहरको बीचमा पर्छ । 

बाखमुत शहर पनि रुसीहरूको कब्जामा गएमा रुसी सैनिकहरूलाई पश्चिममा रहेको क्रामातोर्स्क शहरमा आर्टिलरी प्रहार गर्न सजिलो हुन्छ । डोनेत्स्क क्षेत्रमा रहेको महत्त्वपूर्ण औद्योगिक तथा प्रशासनिक शहर क्रामातोर्स्क अहिले पनि युक्रेनीहरूकै नियन्त्रणमा छ । बाखमुतबाट क्रामातोर्स्कको दूरी जम्मा ५० किलोमिटर छ र त्यो आर्टिलरीको दायराभित्रै पर्छ । 

त्यसो त रुसी सैनिकहरूले युद्ध शुरू भएदेखि नै बाखमुतमा लगातार आक्रमण गर्दै आएका छन् । युक्रेनीहरूले उक्त आक्रमणको सफल प्रतिकार पनि गर्दै आएका छन् । तर सोलेडारबाट अघि बढेर बाखमुतलाई घेराबन्दी गरी आफ्नो नियन्त्रणमा लिन रुसीहरू सफल भएमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका लागि त्यो सफलताको सूचक हुनेछ । 

सम्पूर्ण डोनबास क्षेत्रलाई युक्रेनको नियन्त्रणबाट फुत्काउने उनको अभीष्टमा यो महत्त्वपूर्ण कोशेढुंगा साबित हुनेछ । अहिले रुसले डोनेत्स्कको ५० प्रतिशत जति भाग नियन्त्रणमा लिएको क्यानेडिन ब्रोडकास्टिङ कर्पोरेसनका विदेश संवाददाता क्रिस ब्राउन लेख्छन् । 

खार्किभ र खर्सनमा रुसी सेना पछि हट्नुपरेपछि पुटिनका लागि कुनै न कुनै किसिमको सफलता आवश्यक भइसकेको थियो । रुसका उग्रराष्ट्रवादीहरूले ती दुई शहरबाट रुसी सैनिक पछि हटेको अनि युक्रेनी ड्रोनहरूले रुसी मुख्यभूमिका विसभन्न संरचनामा प्रहार गरी क्षति पुर्‍याउन सफलता पाएकोमा रुसको राजनीतिक तथा सैन्य नेतृत्वको आलोचना गर्दै आएका थिए । 

खार्किभ र खर्सनमा रुसी सेना पछि हट्नुपरेपछि पुटिनका लागि कुनै न कुनै किसिमको सफलता आवश्यक भइसकेको थियो । रुसका उग्रराष्ट्रवादीहरूले ती दुई शहरबाट रुसी सैनिक पछि हटेको अनि युक्रेनी ड्रोनहरूले रुसी मुख्यभूमिका विसभन्न संरचनामा प्रहार गरी क्षति पुर्‍याउन सफलता पाएकोमा रुसको राजनीतिक तथा सैन्य नेतृत्वको आलोचना गर्दै आएका थिए । 

त्यसैको परिणामस्वरूप शायद युक्रेनविरुद्धको कारवाहीमा रुसले आफ्ना सैन्य कमान्डर बारम्बार परिवर्तन गरिरहेको छ । गत अक्टोबर महिनामा मात्र कमान्डर नियुक्त गरिएका जनरल सर्गे सुरोभिकिनको स्थानमा रुसी सेनाप्रमुख जनरल भ्यालरी गेरासिमोभलाई नियुक्त गरिएको छ । सुरोभिकिन चाहिँ गेरासिमोभका तीनमध्ये एक नायब बनाइएका छन् । 

पश्चिमी सञ्चारमाध्यमहरूले यसलाई सुरोभिकिनको घटुवाका रूपमा चित्रित गरिरहेका छन् । तर त्यसो भन्नु अतिशयोक्ति हुनेछ किनकि रुसी सेनाका सबैभन्दा ठूला अधिकृत गेरासिमोभ नै हुन् । 

सुरोभिनिक उनीभन्दा मुनिका अधिकृत हुन् । अनि अहिले पनि सुरोभिकिनले युक्रेन कारवाहीको जिम्मेवारी पाएकै छन् ।

त्यसैले सैन्य अधिकृत तहमा जिम्मेवारी हेरफेर भएको हैन बरू युक्रेनविरुद्धको कारवाहीलाई सेनाका सर्वोच्च कमान्डर आफैंले हेर्नुपर्ने बनाइएको हो । रुसी सेनाको सबभन्दा ठूलो प्राथमिकता नै युक्रेन युद्ध बनेको संकेत मात्र यसबाट पाइन्छ । 

सीएनएनका टिम लिस्टरका अनुसार, युक्रेनविरुद्धको युद्धको योजना गेरासिमोभले नै बनाएका हुन् तर युद्ध शुरू भएपछि उनी पर्दापछाडि रहे । खासमा उनी हाइब्रिड वारका प्रणेता हुन् र सन् २०१४ मा क्राइमिया हात पार्न उनको रणनीतिले सफलता पाएको थियो । तर अहिले उनलाई युक्रेनविरुद्धको पूर्ण लडाइँको प्रत्यक्ष सुपरिवेक्षण तथा जिम्मेवारी दिइएको हो । 

त्यस्तै रुसी टिप्पणीकार सर्गे मारकोभले जनरलहरूलाई युद्धमोर्चाबाट जंगी अड्डा अनि जंगी अड्डाबाट युद्धमोर्चामा सारिनु सामान्य प्रक्रिया भएको बताउँछन् । सुरोभिनिकलाई पनि दण्ड नदिइएको र गेरासिमोभलाई पनि दण्ड नदिइएको अनि सबैजना एउटै टीमका सदस्य रहिरहेको उनको भनाइ छ । 

गेरासिमोभलाई युक्रेनविरुद्धको कारवाहीको जिम्मेवारी दिइएपछि अब वसन्त याममा रुसले नयाँ तथा थप आक्रामक कारवाही थाल्न सक्ने अनुमान छ । बेलारुस सीमाबाट समेत त्यस्तो कारवाही अघि बढ्न सक्ने सम्भावना छ । त्यसैलाई मद्देनजर गर्दै जेलेन्स्कीले बुधवार लभिभ पुगेर सैनिकहरूलाई सीमाका साथै उत्तरपश्चिमी क्षेत्रमा प्रतिरक्षा व्यवस्था बलियो बनाउन निर्देशन दिएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्