०४ साउन २०८३, सोमबार

नकारात्मक कमेन्ट गर्नेलाई समीक्षाको जवाफ, ‘अर्थपूर्ण बोल्न त साधना गर्नुपर्छ’

नकारात्मक कमेन्ट गर्नेलाई समीक्षाको जवाफ, ‘अर्थपूर्ण बोल्न त साधना गर्नुपर्छ’

गायिका समीक्षा अधिकारीले सामाजिक सञ्जालमा नकारात्मक कमेन्टहरूको सामना गर्दै आएको धेरै भइसकेको छ ।

यद्यपि, उनी पछिल्लो समय भने आफूलाई गाली र अपशब्द बोल्नेहरूप्रति कडा रुपमा प्रस्तुत हुँदै आएकी छिन् ।

उनले आफूलाई नकारात्मक कमेन्ट गर्नेहरुविरुद्ध दिनहूँजसो सामाजिक सञ्जालमा स्टाटस् लेख्दै आएकी छिन् ।

यस्तैमा उनले बिहीवार पनि सामाजिक सञ्जालमा एक स्टाटस् लेखेकी छिन्, जसमा उनले मुख र मलद्वारको काम चिन्न अनुरोध गरेकी छन् ।

‘वचनले दिएको घाउको औषधि वचन नै हो । वचनले घर, समाज र संसार बन्छ, वचनले नै युद्ध भड्कन्छ । सबैभन्दा सजिलो छ, मनलागी सस्तो बोल्न र मुख छाड्न । अर्थपूर्ण बोल्न त साधना गर्नुपर्छ’ उनले अगाडि लेखेकी छिन् ‘मेरा मित्रहरू ! गन्हाउने आवाज निकाल्न मलद्वार छँदै छ । मुख र मलद्वारको काम चिन ।’

कमेन्ट गर्नुहोस्