
काठमाडौं महानगरपालिकाले नयाँबानेश्वर चोकस्थित अनधिकृत पसल टहरा हटाउने क्रममा शुक्रबार पत्रकार कृष्ण कट्टेलमाथि हातपात गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।
उक्त स्थलमा रिपोर्टिङ गर्न गएका पत्रकार कट्टेललाई कुट्ने अमित श्रेष्ठ र दुर्व्यवहार गर्ने सुरेन्द्र रानाभाट र अर्का होटलका कामदारसहित ३ जना हिरासतमा प्रहरीले हिरासतमा लिएको हो।
उनीहरूलाई आज दिउँसो १२ बजे नयाँबानेश्वरबाट प्रहरीले नियन्त्रणमा लिएको हो।
अमित श्रेष्ठले कट्टेललमाथि हातपात गरेका थिए भने अन्यले दुर्व्यवहार गरेका थिए। पक्राउ परेकामध्ये होटलमा काम गर्ने कामदारको भने नाम खुल्न सकेको छैन।
पत्रकार कट्टेलले भने आफ्नो स्वास्थ्य अवस्था भने सामान्य रहेको जानकारी दिएका छन्।
त्यस क्रममा पत्रकार कट्टेललाई संवेदनशील अंगमा लात्ती प्रहार गरिएको थियो। घटनाको रिपोर्टिङ गरिरहेका झण्डै आधा दर्जन मिडियाकर्मीमाथि स्थानीय व्यापारी एकसाथजाइलागेका थिए।