×

NMB BANK
NIC ASIA

साउदी अरबको चमत्कार- १२० किलोमिटर लामो भवन बनाउने, ५० लाख मानिस अटाउने

माघ १, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

साउदी अरबले १२० किलोमिटर लामो भवन बनाउने योजना सार्वजनिक गरेको छ । शीशाले बनेको उक्त भवन साउदीको नयाँ शहर नियोमको एक हिस्सा हो । उक्त शहर निर्माणको घोषणा साउदी युवराज मोहम्मद बिन सलमानले सन् २०२१ को जनवरी महिनामा गरेका थिए। 
इजिप्टका पिरामिडहरू जस्तै कालजयी निर्माण आफ्नो देशले गर्न चाहेको बिन सलमानको भनाइ छ । 

Muktinath Bank

मिरर लाइन नामक संरचनामा १६ सय फीट लामा दुई भवन हुनेछन् । मरुभूमि, तटीय क्षेत्र र पहाडी भूभाग हुँदै ती भवनहरू समानान्तर दूरीमा बनाइनेछन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मिरर लाइन सन् २०३० सम्ममा तयार हुने आशा बिन सलमानले गरेका छन् तर इन्जिनीयरहरूले यो बन्न ५० वर्ष लाग्ने बताएका छन् । 


Advertisment
Nabil box
Kumari

भवन अत्यधिक लामो भएकाले पृथ्वीको कुनाकाप्चालाई विचार गरी यसलाई खम्बामा अड्याउनुपर्ने हुन्छ । भवनमुनि द्रुत गतिको ट्रेन पनि दौडिनेछ । 

Vianet communication
Laxmi Bank

भवन निर्माण पूरा भएमा यो अकाबा खाडीबाट पहाडी भूभाग हुँदै तटवर्ती क्षेत्रमा पुग्नेछ र त्यहाँबाट मरुभूमि शहर नियोममा गएर ठोकिनेछ । 

यस भवनमा १० लाख निवासीहरू पाँच मिनेटको पैदलयात्रामा भेटिने र एक छेउबाट अर्को छेउ २० मिनेटमा पुगिने लक्ष्य लिइएको बिन सलमानले बताए । यसलाई नवीकरणीय ऊर्जाले बिजुली दिनेछ । 

भविष्यमुखी भवनहरू चाँदी जस्तो टल्किनेछन् र यसको भित्री भाग जटिल किसिमको हुनेछ । 

दशौं खर्ब डलरमा बन्ने यस भवनको निर्माण पूरा भएपछि ५० लाख मानिस बन्न मिल्छ । भवनमुनि डुंगा अड्याउने मरिना पनि बनाइनेछ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x