०९ साउन २०८३, शनिबार

पल र पूजाको विशेष भूमिका रहेको चलचित्र ‘मनसँग मन’को टिजर सार्वजनिक

पल र पूजाको विशेष भूमिका रहेको चलचित्र ‘मनसँग मन’को टिजर सार्वजनिक

माघको २७ गतेका लागि प्रदर्शन मिति तय गरेको चलचित्र ‘मनसँग मन’को टिजर सार्वजनिक गरिएको छ । 

यो चलचित्रको टिजरमा मुख्य कलाकारहरू अभिनेता पुष्प खड्का र अभिनेत्री वर्षा सिवाकोटीलाई देखाइएको छ । टिजरमा वर्षा र पुष्पको प्रेमलाई झल्काउने कोशिश निर्माताले गरेका छन् ।

अभिनेता पल शाह र अभिनेत्री पूजा शर्माले यो चलचित्रको एउटा गीतमा नृत्य गरेका छन् । उनीहरूलाई समेत टिजरमा समावेश गरिएको छ । 

चलचित्रमा वर्षा र पुष्पसँगै वुद्दि तामाङ, रवीन्द्र झा लगायतको मुख्य भूमिका छ ।

सौरभ इन्टरटेन्मेन्ट र बालाली इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको यो चलचित्रलाई कैलाश राईले निर्देशन गरेका हुन् ।

चलचित्रमा अरुण तामाङको लगानी छ । अर्जुन जिसीको सम्पादन रहेको चलचित्रमा सौरभ लामाको छायांकन, रामजी लामिछाने र कमल राइको कोरियोग्राफी, कैलाश राइको कथा तथा पटकथा छ ।

चलचित्रमा अर्जुन पोखरेल, अगोमा गुरुङ र दीपक शर्माको संगीत छ । 

salt training

कमेन्ट गर्नुहोस्