२५ असार २०८३, बिहीबार

ग्लोबल आइएमईको वार्षिकोत्सको अवसरमा निःशुल्क महिला स्वास्थ्य शिविर

ग्लोबल आइएमईको वार्षिकोत्सको अवसरमा निःशुल्क महिला स्वास्थ्य शिविर

ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १६औं वार्षिकोत्सवको उपलक्ष्यमा महिला सशक्तीकरणको प्रयास स्वरूप बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत देशव्यापीरूपमा मेरी उनीलाई स्वस्थ नारी पहल अभियान सञ्चालन गरेको छ ।

यसअन्तर्गत बैंकले सबै प्रदेश समेट्ने गरी सप्ताहव्यापीरूपमा निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

शिविरमा स्त्रीरोग विज्ञहरूले स्त्रीरोगसम्बन्धी विभिन्न सेवाहरू जस्तै महिलाहरूको स्वास्थ्य परिक्षण, पाठेघरको क्यान्सर (भीआईए) परीक्षण, गर्भाशय प्रोल्याप्स केसको उपचार, औषधि वितरण लगायतका सेवाहरू निःशुल्क रूपमा उपलब्ध गराएको छ ।

नेपाल परिवार नियोजन संघको प्राविधिक सहयोग तथा सम्बन्धित गाउँपालिका/नगरपालिकाको समन्वयमा सम्पन्न यस कार्यक्रमअन्तर्गत प्रदेश १ को ईलाम जिल्ला, ईलाम नगरपालिका वडा नं. १, साँखेजुङ्गस्थित वडा कार्यालयको प्राङ्गण, मधेश प्रदेशको रौतहट जिल्ला, फतुवा विजयपुर नगरपालिक वडा नं. ७ स्थित रौतहट प्राथमिक उपचार केन्द्र, बाग्मती प्रदेशको दोलखा जिल्ला कालिन्चोक गाउँपालिका वडा नं. ६, लापिलाङ्ग स्थित पारच्याङ स्वास्थ चौकीमा निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गरेको हो । 

त्यसैगरी बैंकले गण्डकी प्रदेशको बागलुङ जिल्ला, निसिखोला गाउँपालिका–३, झिवाखोलास्थित बोहोरा गाउँ स्वास्थ चौकी, लुम्बिनी प्रदेशको रोल्पा जिल्ला, रुन्टी गढी नगरपालिका, होलेरी स्थित होलेरी प्राथमिक स्वास्थ केन्द्र, कर्णाली प्रदेशको सुर्खेत जिल्ला, लेकबेसी नगरपालिका वडा न ६, कल्याण स्थित कल्याण स्वास्थ चौकी र सुदूरपश्चिम प्रदेशका डोटी जिल्ला, जोरायाल नगरपालिका वडा नं. ५, खहडा स्थित गडशेरा स्वास्थ चौकीमा निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

स्वास्थ्य शिविरमा ८०९ जना महिलाहरूले स्वास्थ्य सेवा लिएका छन् । स्वास्थ्य शिविरले ग्रामीण तथा अर्धशहरी क्षेत्रका स्वास्थ्य सेवाको पहुँच नभएका महिला तथा बालिकाहरूका निम्ति प्रभावकारी हुने र महिलाहरूमा सकारात्मक प्रभाव पार्ने विश्वास बैंकले लिएको छ ।

बैंकले प्राथमिक स्वास्थ्य सेवाको पहुँच सीमित वा पहुँच नभएका दुर्गम स्थानहरूमा पुगी यस्ता किसिमका स्वास्थ्य शिविरहरूको आयोजना गर्ने गरेको छ ।

ग्लोबल आइएमई बैंकले स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न समयमा यस्ता स्वास्थ्य शिविरहरूको आयोजना गरी विशेषत: ग्रामीण भेगका महिला तथा आम नागरिकहरूलाई प्रत्यक्षरूपमा लाभान्वित गर्दै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्