×

NMB BANK
NIC ASIA

घट्यो म्युजिक भिडियो निर्माण, ८० प्रतिशतसम्म कमी !

‘रहरले लगानी गर्नेहरू पनि घटे’

माघ ६, २०७९

NTC
Sarbottam
एक म्युजिक भिडियोको दृश्यमा अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री करुणा श्रेष्ठ
Premier Steels
Marvel

पछिल्लो केही समययता म्युजिक भिडियो निर्माणमा कमी आएको छ। 

Muktinath Bank

यकिन तथ्यांक कसैसँग नभए पनि पछिल्लो केही समययता म्युजिक भिडियो छायांकन ठूलो मात्रामा घटेको निर्माता तथा निर्देशकहरूले नै बताउने गरेका छन्।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोभिड-१९ ताकाभन्दा पनि यतिबेला कम संख्यामा म्युजिक भिडियो बन्ने र सार्वजनिक हुने गरेका उनीहरूले बताएका छन्। 


Advertisment
Nabil box
Kumari

युट्युबमै पनि नेपाली म्युजिक भिडियो पहिलेझैं अपलोड नहुनुले निर्माण घटेको सहजै अनुमान लगाउन सकिन्छ । 

Vianet communication
Laxmi Bank

निर्देशक शिव विक म्युजिक भिडियो निर्माणमा करिब ८० प्रतिशतभन्दा बढीले कमी आएको बताउँछन् । 

‘अहिले फाट्टफुट्ट रुपमा मात्रै काम भइरहेको छ’, उनले भने, ‘मैले एउटा भिडियोको काम गर्दा एक हप्तापछि अर्कोले गर्छ । अहिले म्युजिक भिडियो क्षेत्रका धेरै जना फुर्सदमै छन् ।’ 

आफूले अहिले निकै कम काम गरिरहेको उनको भनाइ छ । 

छायाँकार अर्जुन तिवारी पनि यतिबेला म्युजिक भिडियो निर्माणमा अचम्म तरिकाले कमी आएको बताउँछन् । ‘अहिले अचम्म तरिकाले भिडियो निर्माणको क्रम घटेको छ । मलाई आउने काममा त ९५ प्रतिशतले नै कमी आएको छ’ उनले भने । 

निर्देशक काजिश श्रेष्ठ भने ६० प्रतिशतसम्मले कमी आएको अनुमान पर्छन् । ​

के हुनसक्छ कारण ?

म्युजिक भिडियो निर्माण घट्नुका कारण अनेक छन् । कोही भने पुस-माघको समयलाई म्युजिक भिडियो निर्माणका लागि अफसिजन मान्छन् । 

यद्यपि विगतका वर्ष यतिबेला राम्रै संख्यामा भिडियोहरू आएका थिए । 

‘अफसिजनका कारण मात्रै घटेको होइन, गतवर्ष यतिबेला राम्रै संख्यामा भिडियो निर्माण भएका थिए’, छायाँकार अर्जुन भिडियो निर्माण घट्नुको कारण पेस गर्छन्, ‘अहिले भिडियोको भ्युजको अनुपातमा कमी आएको छ । युट्युबमा तुलनात्मक रुपमा भ्युज कम गइरहेकाले मानिसहरू लगानी गर्न हिच्किच्याइरहेका छन् ।’ 

पछिल्लो समय मानिसहरू युट्युबमा भन्दा टिकटकमा बढी भुल्न थालेका छन् । सोहीकारण युट्युबमा भिडियोहरूको भ्युज अनुपातमा घटेको मान्न सकिन्छ। प्रायः टिकटकमा चलेका गीतहरूले मात्रै युट्युबमा राम्रो भ्युज पाउने गरेको देखिएको छ।  

म्युजिक भिडियोको आम्दानीको मुख्य स्रोत भने युट्युबबाट आउने आम्दानी हो । भ्युज नजाँदा युट्युबबाट लगानी उठ्ने सम्भावना एकदमै न्यून हुन्छ।

भिडियोहरू लगातार घाटामा जानुका कारण लगानीकर्ता पछि हटेका धेरैको बुझाइ छ । 

निर्देशक शिव विकलाई लाग्छ- अहिले सांगीतिक क्षेत्र पनि आर्थिक संकटले सुस्ताएको छ । भन्छन्, ‘पहिलो कारण त अहिले लगानीकर्तासँग पैसा नभएको जस्तो लाग्छ । लगानी निरन्तर डुब्नुले पटक–पटक लगानी गर्न उनीहरू डराएका हुन कि ?’ 

यतिबेला देशभर मेला महोत्सवको लहर पनि चलिरहेको छ । कलाकारहरू मेला महोत्सवतिर व्यस्त हुँदा पनि भिडियो निर्माणमा केही कमी आएको हुनसक्ने निर्देशक श्रेष्ठ बताउँछन् ।  

कलाकारहरू लाइभ दोहोरीतिर लाग्दा पनि भिडियो निर्माणमा कमी आएको कतिपयको तर्क छ।  

लाइभ दोहोरीका कारण म्युजिक भिडियोको औसत भ्युजमा कमी आएको र त्यसको ‘साइड इफेक्ट’ म्युजिक भिडियो निर्माणमा परिरहेको कतिपयको भनाइ छ।  

निर्देशक श्रेष्ठ थप्छन्, ‘ठ्याक्कै यो वा त्यो भन्ने एउटा मात्रै कारण त छन् । धेरै कारणहरूले भूमिका खेलेका छन् ।’

'रहरले लगानी गर्नेहरू पनि घटे'

म्युजिक भिडियोमा रहरले लगानी गर्नेहरू पनि धेरै हुने गर्दथे । यद्यपि, पछिल्लो समय रहरले लगानी गर्नेहरूको संख्यामा पनि ह्वात्तै कमी आएको निर्देशकहरू बताउने गर्छन्। ‘पछिल्लो समय रहरले आएकाहरू रहरै रहरले पलायनजस्तै देखिएका छन् । व्यावसायिकभन्दा अरूले लगानी गर्न नै सकिरहेका छैनन्,’ श्रेष्ठ भन्छन्।  

‘यो कलाकारलाई खेलाउँदा सुरक्षित हुन्छौं भन्ने भएन्’ 

यतिबेला चलेका कलाकारहरूलाई लिएर भिडियो बनाउँदा पनि ढुक्क हुने अवस्था लगानीकर्तामा नरहेका निर्देशकहरूको भनाइ छ । 

‘चलेको कलाकारलाई लिँदा भिडियो हिट हुन्छ, सेफ साइडमा हुन्छौं भन्ने अवस्था अहिले रहेन । यद्यपि, पहिले पल शाहमा भने हामीले त्यो कुरा पाउँथ्यौं’, निर्देशक श्रेष्ठ भन्छन्, ‘उहाँलाई अभिनय गराउँदा कम्तीमा पनि १० लाख भ्युज जान्थ्यो ।’ 

पल शाहलाई भिडियोमा अभिनय गराउँदा चल्छ भन्ने बुझाइ पहिले रहेको उनले स्मरण गरे । तर, अहिले यो कलाकार राख्दा भिडियो चल्छ भन्ने अवस्था नै नरहेको उनी गुनासो गर्छन् । 

‘तपाईं नै भन्नुस्, अहिले कुन मोडललाई लगानी गर्दा भिडियोले मिलियन भ्युज पाउँछ ?’ प्रश्न गर्दै श्रेष्ठ आफैँ जवाफ दिन्छन्, ‘त्यो खालको मोडल अहिले कोही पनि छैन । सेफ साइड नहुँदा लगानीकर्ताहरू डराएका छन् ।’

लगानी गर्न लगानीकर्ता तयार रहेको तर ‘सेफ साइड’मा हुने महसुस गर्न नसक्दा डराइरहेको उनको धारणा छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x