
बलिउड अभिनेत्री रविना टण्डनकी छोरी राशाले डेब्यु फिल्म साइन गरेकी छन्।
अभिषेक कपुरको फिल्ममा राशा अभिनेता अजय देवगनका भतिजा अमन देवगन अपोजिटमा देखिनेछिन् ।
फिल्ममा अजय देवगन पनि पहिले कहिल्यै नदेखेको अवतारमा देखिनेछन् ।
अमन बलिउडमा नयाँ कलाकारको रूपमा चर्चामा छन्। जसका कारण उक्त फिल्ममा सबैको नजर राशामा छ।
अमन देवगन र राशाको यो नयाँ जोडीलाई वर्षको लन्चिङ प्याडको रूपमा हेरिएको छ। अभिषेकले 'केदारनाथ' मा सारा अली खान ब्रेक दिएका थिए। जसपछि राशा उनको रोजाइमा परेको हो।