३० जेठ २०८३, शनिबार

भारतीय क्रिकेटरहरूले उज्जैनस्थित महाकालेश्वर मन्दिरमा गरे भस्म आरती

माघ ९, २०७९
भारतीय क्रिकेटरहरूले उज्जैनस्थित महाकालेश्वर मन्दिरमा गरे भस्म आरती

भारतीय क्रिकेटर सूर्यकुमार यादव, कुलदीप यादव र वाशिङटन सुन्दर मध्य प्रदेशको उज्जैनमा रहेको महाकालेश्वर मन्दिर पुगेर बाबा महाकालको भस्म आरती गरेका छन् । 

साथी खेलाडी ऋषभ पन्तको शीघ्र स्वास्थ्यलाभका लागि आफूहरूले आरती गरेको यादवले बताए । पन्त निको भएर क्रिकेट टीममा फर्किनु जरूरी रहेको उनको भनाइ छ ।

न्युजील्यान्डविरुद्धको शृंखला जितिसकेको र तेस्रो खेल पनि जित्न चाहेको यादवले बताए । 

दिल्लीबाट उत्तराखण्ड जाँदै गर्दा कार दुर्घटनामा परेर ऋषभ पन्तलाई गम्भीर चोटपटक लागेको छ । मुम्बईमा उनको उपचार चलिरहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्