२४ असार २०८३, बुधबार

सरकारी वाणिज्य बैंकहरू पनि मर्ज हुनुपर्छः गभर्नर अधिकारी

सरकारी वाणिज्य बैंकहरू पनि मर्ज हुनुपर्छः गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तीन वटा सरकारी वाणिज्य बैंकहरू पनि मर्जर हुनुपर्ने बताएका छन्।

मंगलवार राष्ट्रिय वाणिज्य बैंकको ५८ औं वार्षिकोत्सव कार्यक्रममा गभर्नर अधिकारीले पछिल्लो समय निजी क्षेत्रका वाणिज्य बैंकहरूको मर्जरले सरकारी बैंक सानो हुन नखोज्दाखोज्दै पनि सानो बन्नुपर्ने अवस्था आएको भन्दै सरकारी बैंकहरूले पनि अहिलेको आवश्यकतालाई बुझेर मर्जरमा जानुपर्ने बताए।

सरकारले अहिले निजी क्षेत्रका बैंकको मर्जरमा राष्ट्र बैंकले बाध्यात्मक व्यवस्था नगरेको उनले बताए।

गभर्नर अधिकारीले निजी क्षेत्रका बैंकहरूले अहिलेको व्यवसायिक आवश्यकता बुझेर मर्जर गरिरहनुभएको बताए।

सरकारी बैंकहरू अहिलेको व्यवसायिक आवश्यकता बुझ्न पछाडि भएको शंका राष्ट्र बैंकलाई लागेको बताए।

उनले आवश्यकतालाई सरकारी बैंकहरूले महशुस गरेर नेपाल सरकार र तीन वटा सरकारी बैंकहरूबीच छलफल गरेर वास्तविक आवश्यकता हो भने मर्जरका लागि अगाडि बढ्नु उपयुक्त हुने बताए।

गभर्नर अधिकारीले बैंकिङ व्यवसाय चुनौतीपूर्ण व्यवसाय भएको बताए। उनले एउटा बैंकको ६ अर्बको कर्जा ६ महिना उठ्न नसके ३ अर्बको पुँजी व्यवस्था गर्नुपर्ने अवस्था आउने बताए। राष्ट्र बैंक मुलुकभर बैंकिङ सेवा बिस्तार गर्न लागिरहेको उनको भनाइ थियो।

salt training

कमेन्ट गर्नुहोस्