२६ असार २०८३, शुक्रबार

शाहरुखको ‘पठान’ प्रदर्शनमा

शाहरुखको ‘पठान’ प्रदर्शनमा

बहुप्रतिक्षित बलिउड चलचित्र ‘पठान’ आजदेखि विश्वव्यापी प्रदर्शनमा आएको छ ।

शाहरुख खान, दीपिका पादुकोण र जोन अब्राहमको मुख्य भूमिका रहेको चलचित्रले नेपालमा पनि उल्लेख्य शो पाएको छ ।

मल्टिप्लेक्स चेन क्युएफएक्स, बिग मुभिज, वान सिनेमाज, क्युज सिनेमाज, एफक्युब सिनेमाजले चलचित्रलाई उत्साहजनक शो दिएका छन् । 

प्रदर्शनको पहिलो दिनका धेरै शोजहरु मंगलवार नै ‘सोल्डआउट’ भइसकेका छन् ।

आदित्य चोपडाको निर्माण, सिद्धार्थ आनन्द निर्देशित चलचित्र एक्सन थ्रिलरजनरामा निर्माण भएको हो । 

‘पठान’ शाहरुखको झन्डै चार वर्षपछिको कमब्याक चलचित्र हो ।

salt training

कमेन्ट गर्नुहोस्