
महोत्तरीमा २९ जना यात्रु बोकेको ट्याक्टर दुर्घटना भएको छ।
बर्दिबास नगरपालिका-३ पाटुमोडमा बिहीबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृतक महिला रहे पनि उनको परिचय भनेको खुलेको छैन।
सिन्धुलीको लङ्गुरखोला महादेवको दर्शन गरेर फर्किएको प्र-२-०२-००१त २२६४ नम्बरको ट्याक्टरमा २९ जना यात्रु सवार थिए।
दुर्घटनामा बाँकी २८ जना घाइते भएका छन् ।