
शनिबार साँझ धनकुटा महोत्सवमा गायक प्रमोद खरेलको ‘कन्सर्ट’ हेर्न पुगेकाको अनियन्त्रित भीडमा परी २५ जनाभन्दा बढी घाइते भएका छन् ।
धनकुटा नगरपालिका वडा नं ५ टुँडिखेलस्थित महोत्सवस्थलमा क्षमताभन्दा बढी दर्शक भएपछि ठेलमठेल हुँदा सो घटना भएको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये १५ जनालाई धरानको बिपी कोइराला विज्ञान प्रतिष्ठान र विराटनगर पठाइएको धनकुटाका निमित्त प्रमुख जिल्ला अधिकारी ममता अधिकारीले जानकारी दिए । उनका अनुसार घाइतेमध्ये तीन जना गम्भीर घाइते छन् ।
यही माघ ६ गतेदेखि सुरु भएको महोत्सव उद्योग वाणिज्य सङ्घको आयोजनामा भएको थियो । घटनापछि शनिबारको कार्यक्रम स्थगित गरिएको थियो ।