×

NMB BANK
NIC ASIA

कृषि ज्ञान केन्द्रले नै भन्न थाल्यो- स्याउ नरोप्नुहोस्, लगानी उठदैन

माघ १७, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

‘नजाउ युवा परदेशी हुनलाई,रेलको झ्यालमा बसेर रुनलाई’ यी भनाइहरू कृषि ज्ञान केन्द्र सोलुखुम्बुको कार्यालयको भित्तामा लेखिएको छ ।

Sagarmatha Cement
Muktinath Bank

२० वर्ष अगाडि यी हरफहरू अहिले आएर भने मेल खान छाडेका छन् । स्याउको उत्पादन राम्रो भएको बेला युवालाई स्याउ खेतीमा आकर्षित गर्ने उद्देश्यले यी हरफहरू लेखिएका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर पछिल्लो समय हिमाली जिल्लामा स्याउको खेती घट्दो क्रममा छ । खेतीका लागि प्रोत्साहन गर्ने सरकारी निकायले पनि किसानलाई स्याउ खेती नगर्न सुझाव दिन थालेको छ ।


Advertisment
Nabil box
Kumari

हिमाली जिल्ला स्याउका लागि प्रख्यात मानिन्छ । तर पछिल्लो समय स्याउ खेती नै नगर्न कृषि ज्ञान केन्द्रले सिफारिस गर्न थालेको हो ।

Vianet communication
Laxmi Bank

जलवायु परिवर्तनका कारण उत्पादनमा गिरावट तथा स्वादमा समेत फरक पर्न थालेपछि कृषकलाई स्याउको विकल्प खोज्न भन्न थालिएको कृषि ज्ञान केन्द्र सोलुखुम्बुका बागवानी विकास अधिकृत चन्द्र फडेराले बताए । 

नेपालको मौसमको सिनारियो हेर्दा पश्चिमभन्दा पूर्वमा धेरै पानी पर्ने गरेकाले पनि प्रदेश १ का पहाडी जिल्लामा स्याउको उत्पादनमा भारी गिरावट आउन थालेको हो ।

‘बंगालको खाडी नजिक भएकाले पश्चिमको तुलनामा पूर्वमा धेरै पानी पर्न थालेको छ,’ कृषि ज्ञान केन्द्र सोलुखुम्बुका बागवानी विकास अधिकृत फडेराले भने, ‘मौसम परिवर्तन भएकाले स्याउ ओखरलगायत सुक्खा प्रजातिका फलफूल फस्टाउन छाड्यो ।’

बर्खामा कम पानी पर्ने र हिउँदमा हिउँ परेर सुक्खा हुँदा उत्पादन बढ्ने र बेस्वादिलो हुने गरेको जानकारहरू बताउँछन् । पछिल्लो केही वर्षयता भने बर्खामा धेरै पानी पर्ने हिउँदमा हिउँ नै नपर्दा पनि उत्पादनमा गिरावट आएको कृषि ज्ञान केन्द्रको भनाइ छ ।

 ‘मौसममा आएको परिवर्तनले बोटमा नै ढुसी आउन थाल्यो । दानामा पनि कालो खालको ढुसी आउन थाल्यो । ढुसीका कारण गुलियो पन नछिर्ने, टर्रो हुने हुन्छ । स्याउको कलर पनि आउँदैन । हेर्दा पनि खाऊँ खाऊँ नलाग्ने खालको फल्न थाल्यो’, फडेराले भने ।

पश्चिममा हिउँ धेरै परेर 'चिलिङ आवर' पुग्ने भएकाले उत्पादनमा कमी नआउने उनको भनाइ रहेको छ ।

स्याउका लागि फूल फुल्ने बेला तथा फल लाग्ने बेला सुक्खा मौसम चाहिन्छ । तर पछिल्ला वर्षहरू भने स्याउका लागि मौसम अनुकूल हुन छाडेको विज्ञहरू बताउँछन् । मुख्य कारण जलवायु परिवर्तन नै भएको फडेराले बताउँछन् ।

प्रदेश १ का हिमाली जिल्लाहरूमा २० वर्ष अघिसम्म मज्जाले स्याउ फल्ने गरे पनि अहिले भने फलेको स्याउले पनि बजार पाउन छाडेको छ।

विभिन्न रोगहरू पनि देखा पर्न थालेका छन् । बोटमा लेउ लाग्ने झ्याउ लाग्नेजस्ता रोगले आक्रमणसमेत गर्न थालेको छ ।

सोलुखुम्बुकै किसान ज्याङवु शेर्पाले उत्पादन घट्न थालेपछि ३२ रोपनीमा लगाएको स्याउ काटेर दाउरा बालेको बताए ।

खाँदा पनि बेस्वादिलो हुने गरेको गुनासो आएपछि हटाएर किवी खेती लगाएको उनले बताए ।

‘स्याउको कलर बस्ने सिजनमा बंगालको खाडीको हुस्सु आएर घामलाई छेकिदिने गरेपछि हेर्दा पनि राम्रो देखिन छाड्यो,’ उनले भने, ‘बिक्री गर्न नै समस्या पर्न थाल्यो ।'

स्याउ फल्न छाडेपछि ज्ञान केन्द्रले पनि किवी खेती लगाउन सिफारिस गर्न थालेको छ ।

किवीलाई धेरै मात्रमा पानी चाहिने भएकाले त्यो खेतीका लागि मौसम अनुकूल भएको कार्यालयले जनाएको छ ।

व्यवसायिक स्याउ खेती गर्ने किसानलाई घाटा हुने गरेको कार्यालयले बताएको छ।

प्रदेश १ का सोलुखुम्बु ओखलढुंगा, खोटाङ संखुवासभा तथा ताप्लेजुङको माथिल्लो क्षेत्रमा स्याउ खेती हुने गरेको छ । ज्ञान केन्द्रले बिरुवा उत्पादन गरेर सस्तो मूल्यमा कृषकलाई दिने गरेको थियो ।

अहिले भने व्यवसायिक रूपमा नभई घरमा खाने गरी उत्पादन हुने गरी मात्रै बिरुवा उत्पादन भइरहेको कार्यालयले जनाएको छ ।

स्याउ खेतीबारे बुझ्न गएका कृषकलाई खेती गर्दा लगानी उठाउन नै   समस्या हुने भन्दै वैकल्पिक खेती गर्न सुझाव दिन थालिएको फडेराले बताए ।

जिल्लामा २३२ हेक्टर स्याउ खेतीका लागि उपयुक्त मानिन्छ ।

सोलुखुम्बुका सल्लेरी, केरुङ, गोरा च्याल्सा, टाक्सिन्दु, गार्मा, तामाखानी, चौरी खर्क, बेनी, तिङ्ला, गोली, भकान्जे, क्षेत्रमा स्याउ उत्पादन हुने गरेको थियो ।

९० वर्ष अघिदेखि सोलुमा स्याउ उत्पादन हुँदै आएको छ ।

४० वर्षअघि यहाँ स्याउको व्यवसायिक खेती शुरू भएको बताइन्छ । स्याउ खेती लगाउने कृषकहरू भने निराश हुन थालेका छन् ।

यहाँ 'डिलिसियस' जातका रोयल, गोल्डन र 'रेड' जातका स्याउ खेती हुने गरेको छ भने लोकल जातमा 'फुजी' जातको स्याउ पनि खेती गर्नसमेत सिफारिस गर्ने गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १७, २०८०

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियाली भाषा परीक्षाको फारम भर्ने विषयलाई लिएर भएको प्रदर्शनमा दुई जनाको ज्यान गएको घटनाका सम्बन्धमा सरकारले नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क तेइयोङसँग छलफ...

मंसिर ८, २०८०

नेपाली सेनाले विभिन्न रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले शुक्रबार सूचना जारी गर्दै सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स पदहरूमा दरखास्त आह्वान गरेको हो ।  खुला तथ...

कात्तिक १७, २०८०

नेपाली सेनाले अधिकृत क्याडेट पदका लागि दरखास्त आह्वान गरेको छ । सेनाको भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले शुक्रबार अधिकृत क्याडेट पदका लागि आवेदन आह्वान गरेको हो ।  नेपाली सेनामा रिक्त २२९ अधिकृत प...

कात्तिक २७, २०८०

ओखलढुंगा पलापुका तुलबहादुर माझी सोमवार दिउँसो हतार-हतारमा थिए । आफ्नी बहिनीसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका उनी ओमान जाँदै थिए ।  तिहारको मध्य दिनमा देश छाड्नु पर्दा न दिदीबहिनी खुशी थि...

मंसिर १, २०८०

 सांसद एवं कांग्रेस नेता प्रदीप पौडेलले कोरियामा काम गर्ने नेपालीलाई त्यहाँका नागरिक सोसरह सेवा सुविधा दिन र कामको अवधिपछि योगदानमा आधारित पेन्सन दिन दक्षिण कोरिया सरकारसँग आग्रह गरेका छन् । नेपाल ...

माघ १५, २०८०

काठमाडौं-तराई-मधेश द्रुतमार्ग सडक आयोजनाले करारमा कर्मचारी माग गरेको छ । आयोजनाले सोमबार सूचना जारी गर्दै वृक्षारोपण हेरालु पदमा कर्मचारी माग गरेको हो ।  सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन आह्वान...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x