०२ असार २०८३, मंगलबार

चीनले क्लोनिङमार्फत तयार पार्‍यो ‘सुपर काउ’, जिन्दगीभरिमा लगभग ३ लाख लिटर दूध

चैत ७, २०७९
चीनले क्लोनिङमार्फत तयार पार्‍यो ‘सुपर काउ’, जिन्दगीभरिमा लगभग ३ लाख लिटर दूध

चीनले विज्ञान तथा प्रविधिको क्षेत्रमा लगातार परीक्षण गरिरहेको छ । 

हालै चिनियाँ वैज्ञानिकहरूले गरेको दाबीअनुसार, क्लोनिङमार्फत तीनवटा ‘सुपर काउ’ तयार भएको छ । यी गाईहरूले आफ्नो जिन्दगीभरिमा २ लाख ८३ हजार लिटर दूध दिन सक्छन् । 

नर्थवेस्ट विश्वविद्यालयका वैज्ञानिकहरूले यी तीनै गाईको ब्रीडिङ गरेका हुन् । नेदरल्यान्ड््सबाट ल्याइएको होलस्टीन फ्रीसियन गाईका यी क्लोन हुन् । 

यौनविना नै एक जीवबाट अर्को जीव तयार पार्ने प्रक्रियालाई क्लोनिङ भनिन्छ । वैज्ञानिकहरूले एउटा जनावरको डीएनए लिएर त्यसको सहायताले उक्त जनावरको प्रतिरूप तयार पार्छन् । साथै वैज्ञानिकहरूले आफ्नो सहुलियतको हिसाबमा त्यसको जिनमा परिवर्तन गरी सामान्य जनावरको तुलनामा बढी शक्तिशाली जनावर बनाउँछन् । 

वैज्ञानिकहरूका अनुसार, एक सुपर काउले वर्षदिनमा १६ हजारभन्दा बढी दूध दिन सक्छ । यो अमेरिकाको सामान्य गाईले दिनेभन्दा १.७ गुणा बढी दूध हो । 

आगामी तीन वर्षमा यस्ता एक हजार सुपर काउ बनाउने चीनको योजना छ । त्यसले डेरी उद्योगलाई फाइदा हुनेछ । अनि विदेशबाट दूधको आयात पनि गरिरहनुपर्दैन । 

salt training

कमेन्ट गर्नुहोस्