२४ असार २०८३, बुधबार

नेपाललाई अन्तर्राष्ट्रिय शैक्षिक केन्द्रका रूपमा विकास गर्न सकिन्छ- शिक्षा मन्त्री खनाल

नेपाललाई अन्तर्राष्ट्रिय शैक्षिक केन्द्रका रूपमा विकास गर्न सकिन्छ- शिक्षा मन्त्री खनाल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले नेपाललाई अन्तर्राष्ट्रिय शैक्षिक केन्द्रका रुपमा विकास गर्न सकिने बताएका छन्।

आइतबार उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ नेपाल (हिसान) ले गरेको शैक्षिक छलफल तथा शिक्षामन्त्रीको सम्मान कार्यक्रममा मन्त्री खनालले नेपाली विद्यार्थीलाई उच्च शिक्षाका लागि विदेश पठाउने नभई विदेशबाट विद्यार्थीहरू नेपाल ल्याउन सक्नेगरी नीति, निर्माण गर्नुपर्ने बताए।

उनले प्राथमिक र आधारभूत विद्यालय तहमा नै शैक्षिक गुणस्तरको विकास गर्नुपर्ने बताए।

नेपाल भौगोलिक बनावटका आधारमा पनि शैक्षिक हब बन्न योग्य रहेको भन्दै सोहीअनुरुप शिक्षा प्रणालीलाई गुणस्तरीय बनाउँदै लैजानुपर्ने आवश्यक्ता रहेको बताए।

मन्त्री खनालले आगामी दिनमा निजी शिक्षालाई प्रवर्द्धन गर्न आवश्यक नीति नियम स्पष्ट हुन आवश्यक रहेको बताए।

salt training

कमेन्ट गर्नुहोस्