
विष्णु माझीको यसवर्षको तीज गीत ‘चरी जेलैमा २’ करोड क्लबमा प्रवेश गरेको छ । सार्वजनिक भएको ६ महिनामा गीतले युट्युबमा १ करोड प्लस भ्युज पाएको हो ।
‘चरी जेलैमा’ भने सार्वजनिक भएको १३ दिनमै करोड क्लबमा प्रवेश गरेको थियो । अहिले उक्त गीतले ४ करोड ३९ लाख प्लस भ्युज पाएको छ ।
श्रीमान सुन्दरमणि अधिकारीको शब्द एवं संगीतमा विष्णुले तीज गीतमा स्वर दिँदै आएकी छिन् । हरेक वर्ष तीजमा विष्णु माझीको गीतको प्रतिक्षा हुने गरेपनि यसवर्ष उनको गीतलाई लिएर आलोचना गरिएको थियो । गीतको केही शब्द, लोकेशन बाहेक गीतमा नयाँपन नपाइएको भन्दै स्रोता दर्शकले गुनासो गरेका थिए ।
स्रोता दर्शकको आलोचनाकै कारण गीतले अघिल्लो वर्षको जस्तो चर्चा नपाएको हो ।
त्यसयता भने विष्णु माझीका नयाँ गीत सार्वजनिक भएका छैनन् ।