०९ साउन २०८३, शनिबार

रिद्धिसिद्धि सिमेन्टको एकदिने स्वास्थ्य शिविर सम्पन्न

रिद्धिसिद्धि सिमेन्टको एकदिने स्वास्थ्य शिविर सम्पन्न

रिद्धिसिद्धि सिमेन्ट लिमिटेडको आयोजनामा गत बुधबार एक दिने स्वास्थ्य शिविर सम्पन्न भयो।

राक्सिराङ गाउँपालिकाको कार्यालय र राक्सिराङ गाउँपालिका वडा नं ४ को समन्वय तथा सहयोगमा आयोजित सो शिविरमा कलेज अफ मेडिकल साइन्ससको प्राविधिक सहयोग रहेको थियो।  

रिद्धिसिद्धि सिमेन्ट लिमिटेडका सीईओ गुणबहादुर खनालको प्रमुख आतिथ्यतामा संचालित उक्त शिविर कार्यक्रममा कलेज अफ मेडिकल कलेजका म्यानेजर दुर्गा नेउपाने, समाजसेवी सम्राट तुम्वाहाम्फे, राक्सिराङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देव चन्द्र गर्तौलालगायतले आतिथ्यता ग्रहण गरेका थिए।

कार्यक्रममा जनरल फिजिसियन,  बाल रोग,  महिला रोग,  हाड जोर्नी तथा नसा रोग, छाला रोगको परीक्षण तथा औषधि वितरणसमेत गरिएको थियो ।

रिद्धिसिद्धि सिमेन्ट लिमिटेडका खानी प्रमुख गणेश कुमार सिंह, प्रशासन प्रमुख अच्युत पराजुली, सप्लाई चेन प्रमुख गुरु प्रसाद घिमिरे लगायतको उपस्थिति थियो। 

उक्त स्वास्थ्य शिविरमा १८९ जनाले स्वास्थ्य लाभ प्राप्त गरेका थिए।

राक्सिराङ गाउपालिका वडा नं ४  का अध्यक्ष सञ्जय कोइरालाको सभापतित्वमा सम्पन्न भएको शिविर कार्यक्रम उक्त वडाकै विकुटार, मकवानपुरमा सम्पन्न भएको थियो।

salt training

कमेन्ट गर्नुहोस्