१९ असार २०८३, शुक्रबार

गेटा मेडिकल कलेजबारे प्रधानमन्त्रीले गरे छलफल

गेटा मेडिकल कलेजबारे प्रधानमन्त्रीले गरे छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले गेटा मेडिकल कलेजबारे आज सुदूरपश्चिम क्षेत्रका पूर्व तथा बहालवाला जनप्रतिनिधि, विषय विशेषज्ञ र नेपाल सरकारका मुख्यसचिव, शिक्षा तथा स्वास्थ्यसचिवसँग छलफल गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा छलफलका क्रममा प्रचण्डले कलेजलाई नेपालकै पहिलो शहीद दशरथचन्द राष्ट्रिय विश्वविद्यालयका रूपमा विकास गर्ने गरी सरकारले निर्णय गर्ने बताए। 

नेपालमा आजसम्म पनि स्वास्थ्य विज्ञान विश्वविद्यालय नभएको अवस्थामा यो विश्वविद्यालयले दक्ष चिकित्सक, विशेषज्ञ चिकित्सा सेवा र विशिष्टिकृत चिकित्सकीय र जनस्वास्थ्यसँग सम्बन्धित अनुसन्धानको कमी पूरा गर्ने विश्वास लिइएको छ। 

यससम्बन्धी थप घोषणा प्रधानमन्त्री 'प्रचण्ड'ले भोलि सुदूरपश्चिमको कैलाली र कञ्चनपुर भ्रमणका अवसरमा गर्ने बताइएको छ। 

salt training

कमेन्ट गर्नुहोस्