०९ असार २०८३, मंगलबार

अमेरिका र क्यानडापछि चीनको आकाशमा देखियो अज्ञात वस्तु, खसाउने तयारी

फागुन १, २०७९
अमेरिका र क्यानडापछि चीनको आकाशमा देखियो अज्ञात वस्तु, खसाउने तयारी
Getty Images

चीनको तटवर्ती शहर छिङताओको आकाशमा पहिचान खुल्न नसकेको एउटा वस्तु उडेको पाइएपछि त्यसलाई खसाउने तयारी भइरहेको त्यहाँको सञ्चारमाध्यमले जनाएको छ । 

त्यहाँको जिमो डिस्ट्रिक्टको मरिन विकास प्राधिकरणका एक कर्मचारीले उक्त वस्तुलाई अधिकारीहरूले खसाउने तयारी गरिरहेको जानकारी दिए । 

उक्त क्षेत्रमा माछा मार्नेहरूलाई सुरक्षाको विषयमा ध्यान दिन भनिएको छ । 

गत तीन दिनमा अमेरिका र क्यानडाको आकाशमा निकै उचाइमा वस्तुहरू उडिरहेको पाइएपछि तिनलाई खसाइएको छ । गत ४ फेब्रुअरीमा खसाइएको बलून चाहिँ चीनले जासूसीका लागि पठाएको वाशिङटनको दाबी छ । बेइजिङले चाहिँ त्यो मौसम निगरानी गर्ने वस्तु भएको र त्यो आफ्नो बाटो छोडेर अन्तै लागेको बताएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्