
चर्चित गीत ‘ओए काजल’को चाइल्ड भर्सन सार्वजनिक गरिएको छ ।
बाल गायक सुप्रिम मल्ल ठकुरीले चाइल्ड भर्सनमा स्वर दिएका छन् ।
तीन दिनअघि सार्वजनिक गीतले ३ लाख बढी भ्युज पाइसकेको छ ।
केशव बडुको एरेन्ज रहेको गीतमा शब्द संगीत चक्र बमको छ ।
विक्रम चौहानको निर्देशनमा तयार भिडियोमा बालकलाकार सुजान रानपाहेली र एभेलिना खड्काको अभिनय छ ।
दुई वर्षअघि चक्र बमको स्वरमा सार्वजनिक ‘ओए काजल’लाई स्रोता दर्शकले निकै रुचाएका थिए ।