२५ जेठ २०८३, सोमबार
सन्दर्भः राष्ट्रपति निर्वाचन

राष्ट्रपति चुनावमा प्रचण्डले लक्ष्मणरेखा नाघेर हाईजम्प गर्न सक्नुहुन्न: सूर्य थापा [अन्तर्वार्ता]

फागुन २, २०७९

राष्ट्रपति निर्वाचन नजिकिँदै गर्दा सरकारको नेतृत्वकर्ता दल नेकपा (माओवादी केन्द्र) पुस १० गते भएको भद्र सहमतिबाट पछि हट्न खोजेको आशंकासहित सहयात्री दल एमाले सशंकित छ ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउने सहमति भएको दिन पुस १० गते एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा राष्ट्रपति एमालेलाई दिने ‘भद्र सहमति’ भएको नेताहरू बताउँछन् ।

सो सहमतिविपरीत अहिले आएर माओवादीले राष्ट्रिय सहमतिको कुरा गरिरहेको एमालेको आरोप छ । 

राष्ट्रपतिमा सहमति खोज्न ओली र प्रचण्डबीच भएका दर्जनौं बैठकले नतिजा दिन सकेको छैन ।

राष्ट्रपति निर्वाचनले एमाले–माओवादी सत्ता समीकरणमा धक्का लाग्ला ? एमालेले प्रस्ताव गरेको उम्मेदवारलाई माओवादीले भोट नहाले के हुन्छ ? 

यी लगायत समसामयिक विषयमा नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं प्युठानबाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य सूर्य थापासँग लोकान्तरले कुराकानी गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दामा सर्वोच्च अदालतले गरेको फैसलाप्रति पनि थापाले टिप्पणी गरेका छन् । 

ओली–प्रचण्डको बाक्लो भेटले कुरा बन्दै गरेको संकेत गर्छ कि बिग्रँदै गरेको ? हेर्नुहोस्, सूर्य थापाको जवाफ भिडियोमा :

 


 

salt training

कमेन्ट गर्नुहोस्