
भ्यालेन्टाइन डेको अवसरमा गायक राज दोङ र गायिका जितु लोप्चनको स्वरमा रहेको तामाङ भाषाको गीत ‘कोन्ज्यो’ सार्वजनिक भएको छ । सार्वजनिक भएको गीतमा राज दोङको शब्द र संगीत सरोज लामाको एरेन्ज रहेको छ ।
प्रेममा रहेका युवा र युवतीवीचमा भएको प्रेम प्रसङगलाई गीतमा समेटिएको छ । गीतको भिडियोलाई अष्ट्रेलियाको विभिन्न स्थानमा छायाङ्कन गरिएको छ ।
चित लामा निर्देशित र याङगेची लामाको सहनिर्देशन रहेको गीतको भिडियोमा सन्दिप पाख्रिन र गृष्मा तामाङको अभिनय रहेको छ । चित लामा र सन्दिप पाख्रिनको छायांकन तथा ड्रोन, एफ साइनिक फिल्मसको सम्पादन रहेको छ । गीतको भिडियो लाखे प्रोडक्सनको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।