०३ साउन २०८३, आइतबार

महानगर प्रहरीलाई पूर्णरूपमा फिल्डमा परिचालन गरेका छौं : महानगर प्रहरी प्रमुख जोशी

असार ३०, २०८३
काठमाडौं
महानगर प्रहरीलाई पूर्णरूपमा फिल्डमा परिचालन गरेका छौं : महानगर प्रहरी प्रमुख जोशी

काठमाडौं महानगरपालिकाले महानगर प्रहरीलाई पूर्णरूपमा फिल्डमा परिचालन गरेको छ ।

नगर प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) एवं महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीले ​महानगर प्रहरीलाई पूर्णरूपमा फिल्डमा परिचालन गरिएको जानकारी दिएका हुन् ।​

महानगर प्रहरीले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि मोटरसाइकलमा ह्विललक गरेको विषयमा विवाद भएपछि गणेश नेपालीले बिहीबार आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए । उनको उपचारका क्रममा शुक्रबार मृत्यु भएको थियो ।

नेपालीको मृत्युपछि सडकमा नगर प्रहरीको उपस्थिति नदेखिएको र अव्यवस्थित पार्किङसँगै फुटपाथमा व्यापार गर्नेलगायतको समस्याले महानगर क्षेत्र अस्तव्यस्त बनेको गुनासो आएको थियो ।

उक्त गुनासोपछि महानगर प्रहरी बलका प्रमुख जोशीले ​महानगर प्रहरीलाई पूर्णरूपमा फिल्डमा परिचालन गरिएको जानकारी दिएका हुन् । ‘रिजर्भ फोर्स बाहेकका नगर प्रहरीलाई हामीले नियमित रूपमा ड्युटीमा खटाएका छौँ,’ उनले भने, ‘नहुनु पर्ने अप्रिय घटना भयो । हामी त्यसप्रति स्तब्ध छौँ । हामी मृतकप्रति हार्दिक श्रद्धाञ्जली र परिवारप्रति समवेदना प्रकट गर्छौं । यद्यपि, नगरवासीको सेवामा खट्नु पर्ने हाम्रो दायित्व हो । स्थानीय र आम महानगरवासीको भावनाको कदर गर्दै सहरी सुव्यवस्था कायम गर्न हामी कटिवद्ध भएर लाग्छौँ । हामी हाम्रो दायित्वबाट बञ्चित हुँदैनौँ । हामीले अहिले नियमित रुपमा नगरप्रहरीलाई फिल्डमा परिचालन गरिसकेका छौँ ।’

null

नेपालीको परिवारलाई महानगरपालिकाले दिनुपर्ने न्यायका लागि कटिवद्ध भएर निरन्तर लागि रहने उनको प्रतिबद्धता छ । ‘हामी आन्तरिक विषयलाई न्यायोचित ढंगले समाधान गर्दै अघि बढ्छौँ,’ उनले भने, ‘तर, बजार तथा सवारी पार्किङ स्थलको रेखदेख र व्यवस्थापन गर्ने, विपद व्यवस्थापनसम्बन्धी खोजी, उद्धार, राहत तथा पुनःस्थापनासम्बन्धी कार्य गर्ने जस्ता महानगर प्रहरीको काम, कर्तव्य र अधिकार क्षेत्रलाई आत्मसाथ गर्दै नियमको पालनासहित जनसेवामा हामी निरन्तर समर्पित रहिआएका छौँ र निरन्तर रहिरने छौँ ।’

उनले वर्षासँगै बाढी, ढुबानलगायतका विपद्को जोखिम बढ्न सक्ने भएकाले नगर प्रहरीलाई उच्च सतर्कताका साथ तयारी अवस्थामा राखेको पनि जानकारी दिए । अहिले न्युरोडलगायतका क्षेत्रमा नगरप्रहरी नियमित ड्युटीमा रहेको पनि उनको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्