अंग्रेजी भाषाका शिक्षकहरूको पेशागत संगठन नेल्टाको २७ औं अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि ललितपुरमा शुरू ह“ुदैछ । ललितपुरको डीएभी शुसिल केडिया स्कूलमा सञ्चालन हुने सम्मेलन तीन दिनसम्म चल्नेछ ।
कोभिड महामारीका कारण बिगत तीन वर्षपछि भौतिक रूपमा आयोजना हुन गइरहेको सम्मेलनमा ५८ जिल्लाका एक हजार ५ सयभन्दा बढी अंग्रेजी शिक्षक शिक्षिकाहरुको सहभागिता हुनेछ । नेपालबाहेक अमेरिका, बेलायत, अस्टे«लिया, मलेसिया, इन्डोनेशिया, थाइल्याण्ड, पाकिस्तान, दक्षिण कोरिया, बंगलादेश, साउदी अरब, संयुक्त अरब इमिरेट्स, भारतलगायत २२ देशबाट १ सय ८७ जनाको सहभागिता रहने नेल्टाले जनाएको छ ।
बिभिन्न अन्तर्राष्ट्रिय विश्वविद्यालय र बिभिन्न संस्थामा कार्यरत शिक्षक, भाषाविद् तथा अभियन्ताहरूले बिभिन्न विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन् । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले सम्मेलनको उदघाटन गर्दैछन् । कार्यक्रममा नेपालका लागि अस्टे«लियन राजदूत, अमेरिकन राजदूताबासका उच्च अधिकारी, शिक्षा सचिव तथा अन्य सरोकारवाला व्यक्तिहरूको उपस्थिति रहने आयोजकले जनाएको छ ।
सम्मेलनमा अक्सफोर्ड, क्याम्ब्रिज, राउट्लेज, ब्रिटिश काउन्सिल, रेलो (अमेरिकन दूताबास) आदिको पुस्तक तथा प्रकाशनहरूको प्रदर्शनि हुनेछ । अंग्रेजी शिक्षालाई समयानुकुल परिमार्जन गर्न यो वर्षको सम्मेलनको मुख्य थिम ‘रिइमेजिङ ल्याङ्वेज पेडागोजी ः वेलबिइङ एण्ड इनोभेसन प्रस्पेक्टिभ’ अन्तरगत अन्य विषयहरुमा छलफल र बहस हुने आयोजकले जनाएको छ ।
सम्मेलनले नेपालका शिक्षकलाई नया“ कुरा, प्रविधि सिक्न प्रेरित गर्ने नेल्टाकि केन्द्रीय अध्यक्ष मोतिकला सुब्बा देवानले बताइन् । ‘अंग्रेजी शिक्षकलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राम्रा अभ्यासहरुका बारेमा सिक्ने अवसर प्रदान गर्ने उनको विश्वास छ ।