
आईएमई पे अब नेपाल क्लियरिङ हाउसमार्फत प्रवद्र्धित नेसनल पेमेन्ट स्विचमा सहभागी हुने भएको छ ।
विद्युतीय भुक्तानी प्रणालीलाई झनै व्यापक र सुरक्षित बनाउने उद्देश्यका साथ यससम्बन्धी सम्झौता सम्पन्न भएको हो ।
सम्झौतापछि बैंक एवम् डिजिटल भुक्तानी सेवा प्रदायकहरूलाई एउटै प्ल्याटफोर्ममा राखेर पैसा ट्रान्स्फर गर्न सहज बनाउने विश्वास लिइएको छ ।