२४ असार २०८३, बुधबार

दोस्रो स्टार म्युजिक अवार्डका लागि आवेदन आव्हान

दोस्रो स्टार  म्युजिक अवार्डका लागि आवेदन आव्हान

बिरिसु मिडियाको आयोजनामा हुन लागेको “दोस्रो स्टार म्युजिक एण्ड फिल्मस अवार्ड –२०८० को आवेदन फारम खुल्ला भएको छ । काठमाडौँको कालिस्थानस्थित कटिया हाउसमा पत्रकार सम्मेलन गरी आयोजकले सो जानकारी गराएको हो । 

अवार्ड ८० बिधामा गर्न लागिएको र अवार्डको लागि २०७९ फागुन ६ गतेदेखि चैत ११ गतेसम्म फाराम खुल्ला गरेको छ । अवार्डको टप ५ नोमिनेशन चैत २५ गते शनिबार सार्वजनिक गरिने बिरिसु मिडियाका अध्यक्ष विवेक लोप्चनले बताए । फारम दर्ता शुल्क अनलाइनबाट भुक्तानी गर्न सकिनेआयोजकको भनाइ छ ।अवार्डमा २०७७ चैत २५ गतेदेखि २०७९ चैत ११ गतेसम्म भित्रका गीत संगीतलाई समावेश गरिने बताइएको छ । 

फारम दर्ता शुल्क नेपालबाट एक हजार रुपैँया र बिदेशबाट १५ सय रुपैँया तोकिएको छ । अवार्डमा एसएमएस भोटिङ्बाट आएको अंकलाई ५० र जुरिको निर्णय ५० हुने आयोजक टिमले बताएको छ ।  मिडिया संयोजनको जिम्मा सञ्चारकर्मी प्रकाश बराइली ‘अभिव्यक्ती’ ले पाएका छन् ।

गीत संगीत, टेलिसिरियल र त्यससँग सम्बन्धित सबै पक्षलाई समेटेर अवार्ड गर्न लागिएको बिरिसु मिडियाका अध्यक्ष लोप्चनले बताए । उनले समाजमा विशेष योगदान दिदैआएका खेलकुद, शिक्षा, स्वास्थ्य र सञ्चार क्षेत्रका व्यक्तिलाई सम्मान गरिने बताए । 

salt training

कमेन्ट गर्नुहोस्