०२ असार २०८३, मंगलबार

चीनमा भेटियो २४ सय वर्ष पुरानो फ्लश ट्वाइलेट

चैत १८, २०७९
चीनमा भेटियो २४ सय वर्ष पुरानो फ्लश ट्वाइलेट

चीनका पुरातत्त्वविद्हरूले २४ सय वर्ष पुरानो फ्लश ट्वाइलेट भेटेका छन् । 

सम्भवतः यो संसारकै सबभन्दा पुरानो फ्लश ट्वाइलेट हो । यो ट्वाइलेट छिन राजवंशको समयको हो । 

यत्तिका वष्र्याअघि पनि सरसफाइमा चिनियाँहरूले ध्यान दिने गर्थे भन्ने कुरा यसबाट प्रमाणित भएको छ । 

ट्वाइलेटको माटोमो स्याम्पमार्फत प्राचीन समयका मानिसको खानपानको बारेमा पत्ता लगाउने प्रयास गरिँदैछ । 

यस शौचालयको एक भाग फुटेको छ । यसमा मोडिएको एउटा पाइप पनि देखिन्छ । 

शाङ्सी प्रान्तको सियानस्थित युएयाङमा यो ट्वाइलेट पत्ता लागेको हो । यसलाई महलका खण्डहरहरूको बीचमा भेटिएको हो । 

ईसापूर्व ४२४ मा छिन च्यानगोङ नामक शासकले यो शौचालय प्रयोग गरेको हुन सक्ने अनुमान गरिएको छ । 

चाइनिज एकेडमी अफ सोसल साइन्सेजमा पुरातत्त्व संस्थानका अनुसन्धाता ल्यु रुईले प्राचीन समयमा फ्लश शौचालय विलासी वस्तु भएको बताए । उनले त्यो फ्लश ट्वाइलेट भेटिएपछि आफूहरू छक्क पर्दै हाँसेको बताए । 

ट्वाइलेटको एक भाग कोठाभित्र अनि पाइप बाहिरपट्टि रहेको उनले बताए । राजाले शौच गरेपछि कामदारहरूले त्यसमा पानी हाल्ने गरेको हुन सक्ने उनले अनुमान गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्