२८ जेठ २०८३, बिहीबार

क्रिकेटर लामिछानेको मुद्दाको सुनुवाई शुरु

फागुन १५, २०७९
क्रिकेटर लामिछानेको मुद्दाको सुनुवाई शुरु

हेर्दा हेर्दैमा रहेको क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा सुनुवाइ शुरुभएको छ । सर्वोच्च अदालतको न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासमा सुनुवाइ शुरुभएको हो ।  

सर्वोच्च अदालतमा आइतवार भएको सुनुवाइमा प्रतिवादी लामिछानेको तर्फबाट केही कानून व्यवसायीले आइतवार बहस गरे पनि केहीको बहस बाँकी नै थियो । लामिछाने कारागारमा धरौटी तारेखमा रहने वा नरहने, विदेश जान पाउने वा नपाउने भन्ने विषयमा सर्वोच्च अदालतको सुनुवाइ पछि आज फैसला आउने विश्वास गरिएको छ ।

यसअघि लामिछानेले विदेशमा आयोजना भइरहेको क्रिकेट लिगमा सहभागी हुन पाउँ भन्दै निवेदन दिएकोमा गत शुक्रवार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले अग्राधिकार दिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्