११ साउन २०८३, सोमबार

‘नाइँ नभन्नू ल ६’को फस्टलुक सार्वजनिक, फिल्म वैशाख १ मै रिलिज गर्ने घोषणा

फागुन १६, २०७९
‘नाइँ नभन्नू ल ६’को फस्टलुक सार्वजनिक, फिल्म वैशाख १ मै रिलिज गर्ने घोषणा

विकासराज आचार्य निर्देशित फिल्म ‘नाइँ नभन्नू ल ६’ आगामी वैशाख १ गते प्रदर्शनमा आउने घोषणा गरिएको छ । निर्माण टिमले मंगलबार फिल्मको फस्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो ।

यो फिल्ममा आँचल शर्मा, आशीर्वाद क्षेत्री, प्रियंका कार्की, केकी अधिकारी लगायतको अभिनय छ । फस्टलुकमा भने आँचल र आशीर्वादलाई मात्र समावेश गरिएको छ ।

‘नाइँ नभन्नू ल’का अघिल्ला पाँच श्रृंखलाले दर्शकको मन जित्दै राम्रो कमाइ गरेका थिए ।

निर्देशक विकासराजसँगै विष्णुमणि दाहाल निर्माता रहेको फिल्म ‘नाइँ नभन्नू ल ६’को कार्यकारी निर्मातामा सञ्जय न्यौपाने, रमेश चौधरी र पुरुषोत्तम प्रधान छन् ।

योसँगै वैशाख १ गते ५ वटा फिल्मबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

उक्त मितिका लागि दयाहाङ राईको अभिनय रहेका दुई फिल्म ‘जारी’ र ‘बिहे पास’, सुरक्षा पन्त अभिनित ‘बुलाकी’ तथा सुदर्शन थापा निर्देशित एवं विपिन कार्की र केकी अधिकारी अभिनित फिल्म ‘प्रसाद २’ले पनि प्रदर्शन घोषणा गरिसकेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्