अमेरिकाको दक्षिण फ्लोरिडाका एक व्यक्तिले फेब्रुअरी महिनामा धाराको पानी नाकमा हालेपछि मृत्युवरण गर्नुपरेको छ ।
फक्स न्युजले दिएको खबरअनुसार, शार्लोट काउन्टी निवासी ती व्यक्तिको मृत्यु फेब्रुअरी २० मा भएको हो । त्यसको तीन दिनअघि स्वास्थ्य विभागले मस्तिष्क खाने अमिबाका विषयमा सार्वजनिक सचेतना सन्देश जारी गरेको थियो ।
नेग्लेरिया फावलरी वैज्ञानिक नाम भएको उक्त अमिबाका कारण दक्षिण फ्लोरिडाका मानिसको मृत्यु भएको हो ।
अमेरिकाको सेन्टर्स फर डिजीज कन्ट्रोल यान्ड प्रिभेन्सनका अनुसार, यो खतरनाक अमिबा माटो र न्यानो पानीमा बस्छ । यसले दुर्लभ किसिमको संक्रमण गराउँछ ।
अमिबा भएको पानी नाकमार्फत शरीरभित्र पसेमा मस्तिष्कलाई खाइदिन्छ र मान्छेको मृत्यु हुन्छ । धाराको पानी सिधै खाँदा पनि यो अमिबा शरीरभित्र पस्न सक्छ ।
यस्तो अमिबाको संक्रमण अमेरिकामा वर्षको तीनजना जफक्स न्युजले दिएको खबरअनुसार, शार्लोट काउन्टी निवासी ती व्यक्तिको मृत्यु फेब्रुअरी २० मा भएको हो ।लाई मात्र हुने गर्छ । तर संक्रमण हुनेको मृत्यु प्रायः निश्चित हुन्छ ।
यस संक्रमणले ९७ प्रतिशत मानिसको ज्यान लिएको सीडीसीले जनाएको छ । अमेरिकामा सन् १९६२ देखि २०२१ सम्म यसबाट संक्रमित व्यक्तिहरूमध्ये चारजना मात्र बाँचेका थिए ।