२७ असार २०८३, शनिबार

‘माग्नेबुढा’को अनुरोध – ‘छक्का पञ्जा ४’को अपलोड भिडियो डिलिट गरी कानुनी झमेलाबाट बच्नुहोला​

फागुन २१, २०७९
‘माग्नेबुढा’को अनुरोध – ‘छक्का पञ्जा ४’को अपलोड भिडियो डिलिट गरी कानुनी झमेलाबाट बच्नुहोला​

दीपकराज गिरी र दीपाश्री निरौलाको फिल्म ‘छक्का पञ्जा ४’ले यतिबेला बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ ।

शुक्रवारदेखि प्रदर्शनमा आएको फिल्मले दुई दिनमा ३ करोड ५० लाख हाराहारीको कलेक्सन गरेको छ ।

फिल्म हेर्न हलमा दर्शकहरुको भिड् लागिरहँदा टिकटकमा फिल्मको क्लिपहरू छ्यापछ्याप्ती भेटिएका छन् ।

दर्शकहरुले मोवाइलले खिचेर फिल्मका क्लिपहरू टिकटकमा राखिरहेका छन् ।

यसरी फिल्मका क्लिपहरू छ्यापछयाप्ती भएपछि निर्माण टिम कानुनी प्रक्रियामा जाने तयारी गरेको छ ।

कार्यकारी निर्माता समेत रहेका फिल्मका कलाकार केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’ले यसबारे जानकारी दिएका छन् । 

उनले फेसबुकमा लेखेका छन्, ‘‘सचेत रहनुहोला है ! कानुनी प्रक्रियाका लागि ओएसआर र अन्य व्यक्तिहरू साइबर प्रहरीमा जाँदै छन् भन्ने सूचना भर्खरै पाएँ । कृपया आफूले अपलोड गरेको फिल्मको भिडियोडिलिट गरी कानुनी झमेलाबाट बच्नुहोला ।’ 

हेमराज बिसीको निर्देशन रहेको ‘छक्का पञ्जा ४’मा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, बेनिशा हमाल, बुद्धि तामाङ, राज आचार्य, नीर शाह, निर्मल शर्मा, अनुराग कुवँर लगायतका कलाकारहरूको अभिनय छ ।

फिल्मले राजनीतिक कथालाई रमाइलो तरिकाले पेस गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्