२६ असार २०८३, शुक्रबार

हैदराबादमा सुटिङका क्रममा अभिताभ बच्चन घाइते, मुम्बई पठाइयो

फागुन २२, २०७९
हैदराबादमा सुटिङका क्रममा अभिताभ बच्चन घाइते, मुम्बई पठाइयो

अमिताभ बच्चन हैदराबादमा सुटिङका ​​क्रममा घाइते भएका छन् ।

उनले सोमबार यसबारे जानकारी दिएका हुन्। अमिताभ अहिले मुम्बईस्थित आफ्नो घरमा आराम गरिरहेका छन् । अमिताभ प्रभासको फिल्म प्रोजेक्ट 'K' को सुटिङमा थिए ।

एक एक्सन दृश्यका क्रममा उनको करङमा चोट लागेको थियो । हैदराबादमा चेकअपपछि अमिताभलाई मुम्बई पठाइएको भारती सञ्चारमाध्यमले लेखेका छन्। 

अमिताभले लेखेका छन्, ‘रिबको खोरमा रहेको मांसपेशी च्यातिएको छ । सुटिङ रद्द भएको छ ।'

आफूलाई आवतजावत गर्न कठिनाइ भइरहेको र दुखाइ ठीक गर्न औषधि दिइएको उनले जानकारी दिएका छन्। 

निको नभएसम्म सुटिङका सबै काम रोकिएका छन्। 'अत्यावश्यक कामका लागि थोरै मात्र हिँड्छु। अरू सबै ठीक छ,' उनले जानकारी दिएका छन्। 

salt training

कमेन्ट गर्नुहोस्