
चर्चित गायक राजेशपायल राई र उनकी प्रेमीका साङबुङ राईबीच औपचारिक रुपमा विवाह भइसकेको खुलेको छ ।
उनीहरूले गत मङसिर २६ गते काठमाडौं महानगरपालिका–३१ को वडा कार्यालयमा विवाह दर्ता गराएका छन् ।
उनीहरूको विवाह दर्ता भएको खबर बुधवार मात्रै सार्वजनिक भएको हो ।
सामाजिक परम्पराअनुसार उनीहरूले गत भदौ १ गते विवाह गरेको विवाह दर्ता प्रमाणपत्रमा उल्लेख छ ।
यी दुईबाट एक सन्तानको पनि जन्म भएको छ । उनीहरुबीच एक सन्तान भएको मिडियाबाट खुलासा भए पनि राजेशपायलले औपचारिक रुपमा विवाह र सन्तानबारे केही खुलाएका थिएनन् ।
विवाह दर्ता प्रमाणपत्रअनुसार राजेशपायलको उमेर ४७ वर्ष र साङबुङको उमेर २१ वर्ष छ ।