०६ साउन २०८३, बुधबार

विश्वकपमा ब्राजिलसामु कमब्याक गर्ने अवसर

असार ६, २०८३
काठमाडौं
विश्वकपमा ब्राजिलसामु कमब्याक गर्ने अवसर

फिफा विश्वकपमा ब्राजिलका लागि गुमेको आत्मविश्वास र भरोसा फिर्ता ल्याउन हाइटी सबैभन्दा उपयुक्त प्रतिद्वन्द्वी हुन सक्छ। 

विश्व वरीयताका आधारमा विश्वकपमा भिड्न लागेका दुई टोलीहरूबीचको यो सबैभन्दा ठूलो अन्तर हो, जहाँ छैटौँ स्थानमा रहेको टोलीले ८५ औँ स्थानको टोलीसँग प्रतिस्पर्धा गर्दैछ।

फिफा वरीयताको शुरूआत भएयता, पाँच पटकको विजेता ब्राजिल विश्वकपमा प्रवेश गर्दाको यो छैटौँ स्थान नै अहिलेसम्मकै सबैभन्दा तल्लो वरीयता हो ।

अमेरिकाको फिलाडेल्फिया स्टेडियममा ब्राजिल आफ्नो पहिलो जितको खोजीमा मैदान उत्रिनेछ भने हैटी विश्वकपमा आफ्नो पहिलो अंक जोडेर इतिहास रच्ने दाउमा रहेको छ।

आफ्नो पहिलो खेलमा बराबरी खेलेको ब्राजिलको १ अंक छ भने हैटी अहिलेसम्म अंकविहीन रहेको छ। ब्राजिललाई अघिल्लो चरणको यात्रा सहज बनाउन आजको खेल जित्नैपर्ने दबाब छ ।

salt training

कमेन्ट गर्नुहोस्