०९ साउन २०८३, शनिबार

मसहुर भारतीय कलाकार तथा निर्देशक सतिस कौशिकको निधन

फागुन २५, २०७९
मसहुर  भारतीय कलाकार तथा निर्देशक सतिस कौशिकको निधन

चर्चित अभिनेता तथा निर्देशक सतीश कौशिकको निधन भएको छ ।

उनले ६६ वर्षको उमेरमा अन्तिम सास फेरे । अभिनेता अनुपम खेरले बिहीबार बिहान ट्वीट गर्दै उनको मृत्युबारे पुष्टि गरेका हुन्। उनको मृत्युको कारण भने खुल्न सकेको छैन । 

मार्च ७ मा जावेद अख्तरले जानकी कुटीर जुहुमा आयोजना गरेको होली पार्टीमा कौशिक सहभागी भएका थिए ।

उनले यो सेलिब्रेशनको तस्बिर ट्विट गरेका थिए, जसमा उनी फिट देखिएका थिए ।

कौशिकले सन् १९८३ मा बलिउडमा डेब्यू गरेका थिए । यसअघि उनले थिएटरमा काम गरेका थिए । उनी एक अभिनेता, हास्य कलाकार, पटकथा लेखक, निर्देशक र निर्माता थिए। ​

उनलाई सन् १९८७ मा फिल्म मिस्टर इन्डियाबाट पहिचान मिलेको थियो । त्यसपछि उनले सन् १९९७ मा 'दिवाना–मस्ताना'मा पप्पु पेजरको भूमिका निभाएका थिए । कौशिकले १९९० मा 'राम लखन' र १९९७ मा 'साजन चले ससुराल' फिल्मबाट सर्वश्रेष्ठ हास्य कलाकारको रूपमा फिल्मफेयर पाएका थिए। 

salt training

कमेन्ट गर्नुहोस्