
शेयर बजार परिसूचक नेप्से बिहीवार एकै दिन ५०.०४ अंकले बढेको छ । बैंकहरूले ब्याजदर घटाउने निर्णय गरेसँगै शेयर बजार बढेको हो ।
आज बजार बढ्दा नेप्सेमा सूचीकृत मध्ये २६२ कम्पनीको ४५ लाख ६६ हजार कित्ता शेयर ३८ हजारपटक कारोबार भएको छ ।
यसबाट १ अर्ब ५६ करोड रुपैयाँको कारोबार भएको नेप्सेको तथ्यांकले देखाएको छ ।
बजार बढेको दिन सबैभन्दा बढी कमाउनेमा शुभम् पावर र नेपाल इन्स्योरेन्स रहेका छन् । यी दुवै कम्पनीको शेयर कारोबार ८.४४ प्रतिशतभन्दा बढीले बढेको छ ।
आज गुमाउनेमा भने सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्कीम अगाडि रहेको छ ।
आज सबैभन्दा बढी कारोबार गर्नेमा शिवम् सिमेन्ट रहेको छ । यो कम्पनीको ७ करोड ८५ लाख रुपैयाँको कारोबार भएको छ ।