२४ असार २०८३, बुधबार

रामसहायको दाबी– उपराष्ट्रपतिमा महिला मात्र उम्मेदवार हुने संविधानमा कतै व्यवस्था छैन

फागुन २८, २०७९
रामसहायको दाबी– उपराष्ट्रपतिमा महिला मात्र उम्मेदवार हुने संविधानमा कतै व्यवस्था छैन

सत्ता गठबन्धनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहायप्रसाद यादवले महिला मात्र उम्मेदवार बन्ने कुनै संवैधानिक प्रावधान नभएको दाबी गरेका छन् । आफूविरुद्ध दर्ता गरिएको उजुरी खारेजगरी आफ्नो उम्मेदवारी कायम राख्न माग गरेका छन् । 

आइतवार बिहान नयाँ वानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर यादवले आफ्नो उम्मेदवारी संविधान अनुकूल नै रहेको दाबी गरेका हुन् । राष्ट्रपतिमा खस आर्य समुदायका रामचन्द्र पौडेल निर्वाचित भइसकेको सन्दर्भमा आफू फरक मधेसी समुदायबाट उम्मेदवार बनेको उनले स्पष्टीकरणमा लेखेका छन् । 
 

मधेसी समुदायलाई समावेशी समानुपातिकको सिद्धान्तअनुसार संविधानमा आरक्षण गरिएको जिकिरसहित यादवले उजुरी खारेजी गर्न माग गरेका छन् । निर्वाचन आयोगले आज उम्मेदवारको अन्तिम सूची प्रकाशित गर्ने तयारी गरेको छ । उपराष्ट्रपतिको निर्वाचन चैत्र ३ गते हुँदैछ ।  
 

salt training

कमेन्ट गर्नुहोस्