२३ असार २०८३, मंगलबार

वियोगान्त गीत ‘रूँदै हिँड्नु पर्छ’ सार्वजनिक [भिडियो]

फागुन २८, २०७९
वियोगान्त गीत ‘रूँदै हिँड्नु पर्छ’ सार्वजनिक [भिडियो]

‘रूँदै हिँड्नु पर्छ’ बोलको नयाँ गीत सार्वजनिक गरिएको छ । 

यो वियोगान्त गीतमा गायिकाद्वय समीक्षा अधिकारी, सुनिता बुढा क्षेत्री र सुवास खत्रीको स्वर छ । 

सुजित खत्रीको शब्द, हेमन्त कान्छा रसाईलीको संगीत एवं एरेन्ज रहेको गीत गायक खत्रीको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

गायिका समीक्षा र गायक सुवास नाताले साली–भेना हुन् । 

विशाल घिमिरेको कथा एवं निर्देशनमा तयार गीतको भिडियोमा सारिका केसी, दिनेश पुरीको अभिनय छ । 

गरिवीका कारण परिस्थितिले परदेशिन वाध्य युवाहरूको पीडा र व्यथालाई गीत र भिडियोले पेस गरेको छ । बुढी आमा र भर्खर विवाह गरेकी श्रीमतीलाई छाडेर परदेशिन बाध्य युवकको कथा भिडियोमा हेर्न सकिन्छ ।

नवराज उप्रेतीको छायांकन रहेको म्युजिक भिडियोलाई नवीन घर्तीमगरले सम्पादन गरेका हुन् । शनिवार सार्वजनिक गीतले राम्रो भ्युजसँगै सकारात्मक प्रतिक्रिया पाइरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्