१८ असार २०८३, बिहीबार

पाथीभरामा थप हेल्थ डेस्क स्थापना गरिँदै

फागुन २९, २०७९
पाथीभरामा थप हेल्थ डेस्क स्थापना गरिँदै

ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा (मुकुम्लुङ) दर्शन गर्ने भक्तजनको लागि थप ‘हेल्थ डेस्क’ स्थापना हुने भएको छ ।

पाथीभरा मन्दिरमा दर्शन गर्न आउने तीर्थयात्रीको सहजताको लागि  हेल्थ डेस्क स्थापना गर्न लागेको हो ।

पाथीभरा पदमार्गको दोबाटो पानी ट्यांकी आसपासमा १ र ३ हजार ७९४ मिटर उचाइको पाथीभरा मन्दिरमा १ गरी २ थप हेल्थ डेस्क स्थापना गर्ने तयारी भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी टंकबहादुर भट्टराईले बताए ।

अहिले पाथीभराको ठूलो फेदीमा स्वास्थ्यकर्मी र औषधि सहितको हेल्थ डेस्क सञ्चालनमा भइरहेको छ । अस्पताल, नेपाली सेनाको भीमकाली गुल्म, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नम्बर १ गुल्म सहितको सहयोगमा तीर्थालुको चाप बढी हुने समय अवधिभर थप हेल्थ डेस्क सञ्चालनमा ल्याउने तयारी भएको पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबेले बताए ।

पाथीभरा क्षेत्रमा सञ्चालनमा रहेको होटलमा आवास तथा खानाको सहुलियतपूर्ण मूल्य निर्धारण समेत गरिएको छ ।

मन्दिर क्षेत्र र त्यहाँको आवास प्रबन्ध सहितको जानकारी दिन सदरमुकाम फुङ्लिङमा सूचना केन्द्र सञ्चालनमा ल्याउने तयारी समेत गरिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्