
प्रसिद्ध भारतीय कवि तथा स्क्रिन लेखक जावेद अख्तरले उर्दू भारतको भाषा भएको बताएका छन्।
श्रीमती शबाना आजमीसँग हालै एउटा उर्दू एल्बम 'शायराना' लन्च गरेका उनले उक्त कार्यक्रममा उर्दू भाषाको महत्वबारे बताए।
'उर्दू पाकिस्तानसँग सम्बन्धित छ भन्ने विश्वास गर्नेहरूले गलत सोच्छन्। पाकिस्तान पनि विभाजनपछि मात्र बनेको थियो,' जावेदले भने, 'कुनै पनि भाषा कुनै विशेष धर्मसँग कुनै सम्बन्ध छैन।'
कार्यक्रममा जावेदले उर्दू अरू कुनै ठाउँबाट नआएको र भारतकै भाषा भएको बताएका थिए। 'यो भारत बाहिर बोलिँदैन। यो पाकिस्तान वा इजिप्टको भाषा होइन। यसअघि पाकिस्तान पनि थिएन । त्यो पनि भारतबाट मात्रै आएको हो,' उनले त्यस क्रममा भने।
उनका अनुसारउर्दूको विकासमा पञ्जाबको ठूलो भूमिका छ।
जावेदले भने, ‘हामीले यो भाषा (उर्दू) पाकिस्तानको कारणले किन छोड्यौँ ? यदि पाकिस्तानले कश्मीर आफ्नो हो भन्छ भने, के तपाईं स्वीकार गर्नुहुन्छ ? त्यसैगरी उर्दू पनि भारतकै भाषा हो, जसमा हामी सबैको ध्यान जान जरुरी छ ।'