०७ साउन २०८३, बिहीबार

निसान गाडी किन्नेलाई एभरेष्ट बैंकले कर्जा दिने

निसान गाडी किन्नेलाई एभरेष्ट बैंकले कर्जा दिने

निसानको आधिकारीक विक्रेता पायोनियर मोटो कर्प प्रालिले बिक्री गर्दै आएको गाडीमा एभरेष्ट बैंकले कर्जा दिने भएको छ ।

बैंक र पायोनियरबीच भएको सम्झौता भएको हो। 

दुई संस्थाबीच भएको सम्झौता पत्रमा बैंकको तर्फबाट कर्पोरेट हेड  हरिश कुमार आचार्य र पायोनियर मोटो कर्प प्रालिको तर्फबाट सह-महाप्रबन्धक ज्ञानेन्द्र बहादुर चन्दले हस्ताक्षर गरेका हुन् । 

सम्झौतापछि निसानले उत्पादन गरेका गाडीहरूमा खरिद गर्दा छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी ब्याजदरमा सवारी साधन कर्जा उपलब्ध गराउने जारी विज्ञप्तिमा उल्लेख छ । 

यो सहयोगले निसानबाट गाडी खरिद गर्न चाहने ग्राहकहरूलाई सुलभ र सहज  वित्तीय सेवाहरू प्रदान गर्न लक्ष्य राखेको छ।

समझौताअनुसार योजना सबै एभरेष्ट बैंकका सबै शाखाहरूबाट ग्राहकहरूलाई गाडीको लागि सुलभ ऋण सुविधाहरू सजिलो उपलब्ध हुनेछ।

विद्युतीय गाडीका लागि बेस रेट + 3.50% विद्युतीयबाहेक गाडीका लागि + 4.00% लागि बेस रेट हुने जनाइएको छ। यसमा ७ वर्षको अवधिसहित र सेवा शुल्क मात्र ०.५ प्रतिशत हुने जनाइएको छ। 

केवल २० प्रतिशतको डाउन पेमेन्टमा ग्राहकहरूले निसानको विद्युतीय गाडी पाउनेछन्। 

कमेन्ट गर्नुहोस्