![चलचित्रको वर्कशपमा प्रदीप, वर्षा र नीति [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/Kamino_1_TMUFWL7mmf.jpg)
चलचित्र ‘कामिनो’को यतिबेला वर्कशप चलिरहेको छ ।
वैशाखबाट छायाँकन सुरु गर्ने तयारीका साथ यो चलचित्रको केही दिनदेखि राजधानीमा वर्कशप चलाइएको हो ।
चलचित्रमा मुख्य भूमिकामा देखिन लागेका अभिनेता प्रदीप खड्कासँगै अभिनेत्रीद्धय वर्षा शिवाकोटी र नीति शाह वर्कशपमा सहभागी छन् ।
अभिनेता भोला सापकोटाले वर्कशपको सहजीकरण गरिरहेका छन् ।
दीपक वलीको निर्देशनमा निर्माण हुन लागेको ‘कामिनो’लाई महेश दवाडीले लेखेका हुन् ।
एक्सेस नेपाल फिल्मस् निर्माता रहेको चलचित्रमा सुनिल विष्ट कार्यकारी निर्मातामा छन् भने पूर्ण लामा क्रियटिक निर्देशकका रुपमा छन् । यो चलचित्रमा अमेरिकामा रहेको अभिनेता राजबल्लभ कोइरालाको समेत अभिनय रहनेछ ।
तस्वीरहरू : लक्ष्मण सुवेदीको फेसबुकबाट


