
रोयल इनफिल्ड मोटरसाइकलको नेपालका लागि अधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रालिले नारायणचौर नक्साल र कोटेश्वर बालकुमारी पुलनजिकै अत्याधुनिक दुई वटा शोरुम निर्माण गरेको छ।
आज त्रिवेणी ग्रुपका अध्यक्ष श्री पुरुशोत्तमलाल संघाईबाट विशेष कार्यक्रमकाबीच समुद्घघाटन गरी संचालनमा ल्याएको छ।
रोयल इनफिल्ड मोटरसाइकल शोरुम 'वाइकर्स होम'को अवधारणामा निर्माण गरिएको छ।
शोरुमबाट बाइक,राइडिंग गियर, जेनविन मोटरसाइकल एसेसरिज, स्पेयर पार्ट्स बिक्री तथा बिक्री पछाडिका सेवाको व्यवस्था गरिएको छ।
रोयल इनफिल्ड विश्वको एक मात्र सबभन्दा पुरानो मोटरसाइकल कम्पनी हो जसले सन् १९०१ देखि निरन्तर मोटरसाइकल उत्पादन, वितरण र ग्राहकलाई सन्तुष्टि प्रदान गरिरहेको छ।
अल्फा अटोमोटिभ प्रालिले आफ्नो एवं डिलर समेत गरी कम्पनी मापदण्डका हाल ६ वटा (नक्साल, कोटेश्वर, पोखरा, बुटवल, धरान र इटहरी) शोरुम सञ्चालन गरिरहेको छ भने चैत्र महिनाभित्र थप ४ वटा (बिर्तामोड, टाडी, सुर्खेत र भक्तपुर) संचालनमा आउनेछन् र असार महिनाभित्र थप ८ वटा (विराटनगर, राजविराज, जनकपुर, हेटौडा, नारायणगढ, दाङ्ग, नेपालगंज र त्रिपुरेश्वर) सञ्चालनमा ल्याएर कुल १८ वटा शोरुमबाट बाइक बिक्री, गियर एवं जेनविन एसेसरिज, स्पेयर पार्ट्स र सर्भिसिङलगायत सेवा प्रदान गर्नेछ।
अल्फा अटोमोटिभ प्रालि त्रिवेणी ग्रुपको अटोमोटिभ डिभिजन अन्तर्गतको कम्पनी हो।त्रिवेणी ग्रुपले उत्पादनमुलक उधोग ब्यवसाय, बैंकिङ, बिमा, एवं सर्भिस सेक्टरमा कार्य गरिरहेको छ।