०७ साउन २०८३, बिहीबार

ट्रेन्डिङको पहिलो नम्बरमा हरिवंशको गीत ‘काउली’

ट्रेन्डिङको पहिलो नम्बरमा हरिवंशको गीत ‘काउली’

चलचित्र ‘छक्का पञ्जा ४’मा समावेश गीत ‘सिरूपाते जुंगामा’ले झन्डै दुई साता युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा कब्जा जमायो ।

अबभने यो गीत ट्रेन्डिङ एकबाट पछाडि झरेको छ । 

यतिबेला युट्युब ट्रेन्डिङको पहिलो नम्बरमा अर्को नेपाली गीत आएको छ ।

वरिष्ठ अभिनेता हरिवंश आचार्यको गीत ‘काउली’ युट्युबको पहिलो नम्बरमा उक्लिएको हो ।

६ दिनअघि सार्वजनिक यस गीतमा हरिवंश र लोकदोहोरी गायिका शान्तीश्री परियारको स्वर छ ।

हरिवंशकै शब्द र संगीत रहेको लोक लयमा आधारित गीतलाई श्यामश्वेत रसाईलीले एरेन्ज गरेका हुन् ।

गीतको भिडियोमा हरिवंश स्वयंले अभिनय गरेका छन् । उनीसँगै प्रकाश सपुत र प्रियंका कार्कीको अभिनय भिडियोमा हेर्न सकिन्छ । 

प्रकाश र प्रियंकाले पहिलोपटक म्युजिक भिडियोमा सहकार्य गरेका हुन् ।  रमाइलो खालको गीतको भिडियोमा चेलीबेटी बेचबिखन विरुद्धको सन्देशसमेत दिन खोजिएको छ । 

भिडियोको कोरियोग्राफी गम्भीर विष्टले गरेका हुन् भने निर्देशन सरोज ओलीले गरेका छन् । 

नवराज उप्रेतीको छायाँकन रहेको भिडियो बनिश शाहको सम्पादनपछि सार्वजनिक गरिएको हो ।

भिडियोले बिहीवारसम्म युट्युबमा १८ लाख प्लस​ भ्युज पाइसकेको छ ।

कमेन्ट गर्नुहोस्